स्वास्थ्य

विश्वभर हालसम्म ६४ लाख जनामा काेराेना भाइरस सक्रिय, १ करोड ३९ लाखजना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६४ लाख १५ हजार ४६५ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ३९ लाख ११ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड १० लाख ८० हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ५३ हजार ४६७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६४ हजार ४८८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५४ लाख १५ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ७० हजार ४१५ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार २३९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २८ लाख ४३ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २४ लाख ५९ हजार ६१३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४८ हजार १४४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १७ लाख ५० हजार ६३६ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २४ हजार ९५७२ जना पुगेका छन् भने १६ हजार ८३७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९८ पुगेको छ भने ८ हजार २५ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत