स्वास्थ्य

रुसी काेराेना भ्याक्सिन नक्कली भएको दावी, १४४ किसिमको साइडइफेक्ट देखियो

काठमाडौँ । संसारकै पहिलो कोरोना भ्याक्सिन भनिएको ‘स्पुतनिक-वी’ लाई लिएर अनेक प्रश्न उठिरहेका छन् । ११ अगष्टमा दर्ता गरेको यो भ्याक्सिनका विभिन्न समाचारहरु बनिरहेका छन् । स्वयं राष्ट्रपति अनेक डिजाइनका तस्विरबाट सञ्जालमा पेश भइरहेका पनि छन् । तर दस्तावेज अनुसार, भ्याक्सिन कति सुरक्षित छ, यो जान्नको लागि पूरै क्लिनिकल स्टडी भएको छैन ।

डेली मेलका अनुसार, ट्रायलको नाममा ४२ दिनमा ३८ स्वयंसेवकलाई भ्याक्सिनको डोज दिइएको थियो । ट्रायलको तेस्रो चरणको कुनै जानकारी आएको छैन ।

रुस सरकारले दावी गरेको छ कि भ्याक्सिनको कुनै साइडइफेक्ट देखिएन, तर दस्ताबेज बताउँछ कि ३८ स्वयंसेवकमा १४४ किसिमको साइडइफेक्ट देखियो । पछिल्ला दिनमा डब्लूएचओले यो भ्याक्सिनमाथि प्रश्न उठाइरहेको छ । उसका अनुसार, रुसले भ्याक्सिन बनाउने दिशानिर्देशलाई पालना नगरेको र यो भ्याक्स्निको सफलतामा कुनै भरोषा गर्न नसकिने बताउँदै आएको छ ।

यस्तै डब्लूएचओले आफ्नो वेभसाइटमा क्लिनिकल ट्रायलमा रहेका २५ भ्याक्सिनको सूची सार्वजनिक गरेको छ, त्यसमा १३९ भ्याक्सिनहरु अहिले प्रि-क्लिनिकल स्टेजमै छन् ।

पछिल्ला दिनमा रुसले भ्याक्सिनको प्रभावकारीताको दावी गरेपनि यूनिभर्सिटी कलेज लण्डनका प्रोफेसर फ्रान्सुआ बैलक्स भन्छन्— रशियाले यसो गर्नु लज्जाश्पद छ । यो निच निर्णय हो । ट्रायलको गाइडलाइन्सलाई नजरअन्दाज गर्दै भ्याक्सिनलाई ठूलो स्तरमा मानिसलाई दिनु गलत छ । मानिसको स्वास्थ्यमा यसको गलत प्रभाव पर्नेछ ।

जर्मनीका स्वास्थ्य मन्त्री जेम्स स्पानका अनुसार, रशियन भ्याक्सिनको पर्याप्त जाँच भएको छैन । यसलाई विरामीमा दिनु खतरनाक सावित हुन सक्छ । भ्याक्सिन सबैभन्दा पहिले बन्नुभन्दा यो जरुरी हो कि यो सुरक्षित होस् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत