पूर्वाधार

काेभिड-१९ ले विश्वभर हालसम्म ७ लाख ५१ हजारकाे ज्यान लियाे, ६४ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६३ लाख ४४ हजार ९०६ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ३६ लाख ९० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ७ लाख ८६ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६४ हजार ६५५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५३ लाख ६० हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ६९ हजार १३१ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार ३२० जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २८ लाख १२ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २३ लाख ९५ हजार ४७१ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४७ हजार १३८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १६ लाख ९५ हजार ८६० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २४ हजार ४३२ जना पुगेका छन् भने १६ हजार ७२८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९१ पुगेको छ भने ७ हजार ६१३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत