स्वास्थ्य

विश्वभर ७ लाख ४५ हजारकाे मृत्यु, २ कराेड ५ लाख काेराेना संक्रमित, १ कराेड ३४ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६३ लाख ३४ हजार २९५ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ३३ लाख ३४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ५ लाख १४ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ४५ हजार ६९३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६४ हजार ६०७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५३ लाख ५ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ६७ हजार ७४९ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार ३३९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २७ लाख ५५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २३ लाख २८ हजार ४०५ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४६ हजार १८८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १६ लाख ३८ हजार १०१ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २३ हजार ९४८ जना पुगेका छन् भने १६ हजार ६६४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८३ पुगेको छ भने ७ हजार २०१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत