स्वास्थ्य

संसारको पहिलो भ्याक्सिनमा रुसको जवाफ, दावी-कोरोनाको जुन कण हामीले भ्याक्सिनमा राखेका छौँ त्यसले नोक्सानी गर्दैन

तर अचानक प्रतिरोधात्मक क्षमता बढ्दा ज्वरो आउन सक्छ

काठमाडौँ । तेस्रो चरणको ट्रायल पूरा हुनुभन्दा अगाडि रशियाको भ्याक्सिन १२ अगष्टमा दर्ता गर्ने तयारी सुरु भएको छ । दर्ताभन्दा पहिले विश्व स्वास्थ्य संगठनले भ्याक्सिनको विश्वासनियतामा प्रश्न उठाइसकेको छ । प्रश्नको जवाफ रुसले दिइसकेको छ ।

रुसको भ्याक्सिन Gam-Covid-Vac Lyo लाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले मिलेर तयार गरेका हुन् । संसारको पहिलो भ्याक्सिन हुने दावी पनि गरेका छन् । सेप्टेम्बरसम्म यसको उत्पादन हुने र अक्टूबरबाट आम मानिसमा पुर्याउने तयारी सुरु गरेको बताइएको छ ।

रशियन सरकारको दावी यो छ कि हामी भ्याक्सिन तयार गर्नमा अरुभन्दा धेरै महिना अघिबाट गरिरहेका छौँ । यहि महिनामा अन्तिम चरणको ठूलो स्तरमा ट्रायल गरिनेछ ताकि भ्याक्सिनको पछिल्लो टेस्ट गर्न सकियोस् ।

भ्याक्सिनको विषयमा उठेका सवाल

  1. एन्टिबडीज खतरनाक हुन सक्छ ।
  2. तेस्रो चरणको ट्रायल बेगर उत्पादन सुरु ।
  3. भ्याक्सिनले दिशानिर्देश पालना गरेको छैन ।
  4. विश्व स्वास्थ्य संगठनको वेभसाइट र रुसको स्वास्थ्यमन्त्रीको अभिव्यक्ति बाझियो ।

भ्याक्सिन तयार गर्ने इन्स्टिच्यूटको जवाफ

  • गामालेया नेशनल रिसर्च सेन्टरका डाइरेक्टर अलेक्जेन्डर गिंट्सबर्गका अनुसार कोरोनाको जुन कण भ्याक्सिनमा प्रयोग गरिएको छ, त्यसले शरीरमा नोक्सानी पुर्याउँदैन । यो कणले आफ्नो संख्या बढाउँछ ।
  • भ्याक्सिन लगाएपछि ज्वरोको अवस्था आउन सक्छ । तर यसले इम्यून सिस्टम बूस्टको कारणले हुन्छ । यो साइडइफेक्टलाई सजिलैसँग प्यारासिटामोलको टेबलेटले ठिक गर्न सकिन्छ ।

ठूलो स्तरमा थप तीन ट्रायल यहि महिना हुने

रशियाको रक्षा मन्त्रालयका अनुसार, भ्याक्सिनको ट्रायलको परिणाम आएको छ । यसबाट इम्यूनिटी विकसित भएको प्रमाण प्राप्त भएको छ । दावी गरिएको छ कि कुनै साइडइफेक्ट देखिएको छैन । भ्याक्सिन एप्रूभलको पर्खाइमा छौँ । यसको अनुमति लगत्तै मानिसमा पुर्याइने छ । 

रुसले दावी गरेको छ कि उसले कोरोनाको जुन भ्याक्सिन तयार गरेको छ त्यो क्लिनिकल ट्रायलमा १०० प्रतिशत सम्म सफल भएको छ । ट्रायलको रिपोर्टका अनुसार, जुन भोलेन्टियर्सलाई भ्याक्सिन दिइएको थियो उनीहरुमा भाइरसविरुद्ध इम्यूनिटी विकसित भएको छ ।

डेपूटी हेल्थ मिनिस्टर ओगलले एक क्यान्सर सेन्टरको उद्घाटनमा भने, भ्याक्सिनको तेस्रो चरणको ट्रायल चलिरहेको छ । हामीलाई यो सुरक्षित गर्ने आवश्यकता छ । यसकारण यो सबैभन्दा पहिले वृद्ध र मेडिकल प्रोफेशनल्सलाई दिइने छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत