स्वास्थ्य

विश्वभर काेराेनाभाइसस संक्रमितकाे संख्या दुई कराेड नाघ्याे, ६४ हजारको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६३ लाख ९७ हजार ६५५ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ३१ लाख १२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड २ लाख ४८ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ३८ हजार ७१५ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६४ हजार ५४१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५२ लाख ५१ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ६६ हजार १९२ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार ५८९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २७ लाख १५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २२ लाख ६७ हजार १५३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४५ हजार ३५३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १४ लाख ७९ हजार ८०४ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २३ हजार ३१० जना पुगेका छन् भने १६ हजार ४९३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७९ पुगेको छ भने ६ हजार ७३८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत