जीवनशैली

ब्रिटिश शोधकर्ताको दावी : भात धरै खानेमा मृत्युको खतरा बढि

काठमाडौँ । हृदय रोगबाट मृत्युको एक महत्वपूर्ण कारण धेरै भात खानुपनि हो । यसको कारण चामलमा प्राकृतिक रुपमा आर्सेनिक तत्व हुनु हो । यो दावी ब्रिटेनको मेनचेस्टर र सल्फोर्ड युनिभर्सिटीको संयुक्त अनुसन्धानमा गरिएको छ । 

शोधकर्ताका अनुसार, संसारभर चामलको प्रयोग बढि छ र ब्रिटेन २५ औँ स्थानमा छ भने ६ प्रतिशत मानिसको मृत्यु हृदय रोगबाट भइरहेको छ । चामलमा भएको आर्सेनिकले मृत्युको खतरा बढाउँछ ।

चामलमा कसरी पुग्छ आर्सेनिक ?

  1. चामलमा आर्सेनिकबाट हरेक वर्ष ५० हजारको मृत्यु हुन्छ । चामलमा भएको माटोबाट रसायन पुग्छ । यसले लिभरसँग जोडिएका रोगहरु र क्यान्सरसम्म हुन्छ ।
  2. चामल मात्रै किन खतरनाक, अन्य उत्पादनले किन हुँदैन ? भन्ने प्रश्नपनि उब्जिन्छ । तर शोधकर्ताका अनुसार, धानमा जति रसायन छर्किन्छन अन्य बालीमा रसायन छर्किँदैनन् ।
  3. शोधकर्ताका अनुसार, चामलको प्रयोग पूर्णतया छाड्ने होइन किनकी यसमा हुने फाइबर र अन्य पौष्टिक तत्व अरुमा पाइन्न । यसका विभिन्न प्रकारहरुको प्रयोग गर्न सकिन्छ जस्तै बासमती, मुसुली, उसिना आदि ।
  4. यसमा भएको आर्सेनिकलाई कम गर्नको लागि चामलमा भएको पानीलाई पूरा सुक्नेगरि पकाउने भन्दापनि चामलमा पानीको मात्रा धेरै राख्दा आर्सेनिक निस्कने बताउँछन् । उनीहरुका अनुसार १२ गुणा पानी राख्दा ५७ प्रतिशतभन्दा बढि आर्सेनिक कम हुने गर्दछ । एजेन्सीको सहयोगमा
     

गाउँ सहर डेस्क

तपाईँको मत