स्वास्थ्य

‘इलेक्ट्रिक कुकरमा ५० मिनेटमा सेनिटाइज हुन्छ एन-९५ मास्क’

[घरमै मास्क पुनःप्रयोग गर्न मिल्ने बनाउनुहोस्]

काठमाडौँ । एन-९५ मास्कलाई इलेक्ट्रिक कुकरको मद्यतबाट सेनिटाइज गर्न सकिन्छ । त्योपनि केवल ५० मिनेटमा ।

यो दावी अमेरिकाको १५० वर्ष पुरानो इलिनोइस युनिभर्सिटीले गरेको छ । शोधकर्ताका अनुसार, यदि एन-९५ मास्कलाई ५० मिनेटसम्म १०० डिग्री सेल्सियस तपक्रममा कुकरमा राखेमा यो किटाणुमुक्त हुन सक्दछ । यो समय मास्को फिल्टरलाई कुनै नोक्सानी हुँदैन । यसो गर्दा कुनै रसायनको पनि आवश्यकता पर्दैन । केवल एक तौलियाको जरुरत पर्दछ ।

इन्भारोमेन्ट साइन्स एण्ड टेक्नोलोजी जर्नलमा प्रकाशित शोधका अनुसार, एन-९५ मास्कलाई यो तरिकाले सेनिटाइज गरेपछि दोस्रोपटक प्रयोग गर्न लायक बन्दछ । शोधकर्ता हेलेन नगुयेनका अनुसार, कपडा भएको वा सर्जिकल मास्कले हामीलाई कणबाट बचाउँछ तर रेस्पिरेटर मास्क अर्थात एन-९५ मास्कले भने भाइरसको सानोभन्दा सानो कणबाट पनि सुरक्षित राख्दछ ।

यसरी गर्नुहोस् एन-९५ मास्कलाई सेनिटाइज

  1. इलेक्ट्रिक कुकरमा पानी भएपनि नभएपनि ।
  2. अब कुकरमा तौलियालाई डबल फोल्ड गरेर राख्नुहोस्, ताकि मास्क सिधा तातोमा नपुगोस् ।
  3. अब कुकरको तापक्रम ५० मिनेटसम्म १०० डिग्री सेल्सियससम्म गर्नुहोस् ।
  4. ५० मिनेटपछि यसलाई चिसो हुन दिनुहोस, अब मास्क अर्कोपटक प्रयोग गर्न लायक भयो ।

शोधकर्ताका अनुसार, यो महामारीमा मास्कको माग अत्यन्त धेरै हुनाले स्वास्थ्य कामदार यो पीडाबाट जुधिरहेका छन् । यदि मास्कलाई अर्कोपटक प्रयोग गर्न लायक बनेमा यो समस्या हल हुन सक्दछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत