स्वास्थ्य

कोरोनासँग हेलचेक्राइँ नगर्नुहोस्, कार्यालयमा अर्काको कम्प्यूटर प्रयोग गर्नबाट बच्नुहोस्

काठमाडौँ । कोरोनाकालमा लकडाउन, सटडाउन, खुकुलो, कडा जे भएपनि धेरै कार्यालयहरु खुलेका छन भने बैंक तथा सञ्चारमाध्यम र अत्यावश्यकका क्षेत्रहरु सँधैभरी खुला नै छन् । यसैबेला कोरोना संक्रमणको दरपनि ह्वात्तै बढेको छ भने जोखिम पनि झनै बढेको छ । यो समयमा सावधानी झनै अपरिहार्य बनेको छ । किनकी जताततै कोरोनै कोरोना भएको मौसम छ । सबैठाउँ काेराेना छ भन्ने साेचेर सावधानी रहनुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा कार्यालयमा प्रवेश गर्दाखेरी साबुन पानीले हात धुने कुरा बानी पार्नुपर्ने अवस्था छ । गेटमा सेनिटाइज मेसिनको जरुरी छ । तापक्रम चेकजाँच दैनिक हुनु जरुरी छ । सधैँ राति अफिस सेनिटाइज गरिनु जरुरी छ । 

अन्य सावधानीहरू

१. प्रवेश
अफिस प्रवेश गर्दा भरसक लिफ्टको प्रयोग नगर्नुहोस् । रेलिंग, स्विच, चेम्बरको गेट संक्रमण हुने स्थान हो । ल्यापटप, मोबाइल प्रयोग गर्नुभन्दा पहिले सेनिटाइज गर्नुहोस् । साथीको कम्प्यूटर प्रयोग गर्नबाट बच्नुहोस् । सिटमा बस्नुभन्दा अघि सेनिटाइज गर्नुहोस् ।

२. फाइल
फाइल र कागतको लेनदेन गर्नुहुन्छ भने हरेक पटक हात सेनिटाइज गर्नुहोस् । हरेक कर्मचारी आफ्नो फाइल या कागजको लेनदेन आफैँ गर्नुहोस् । काम गर्दाको समय मुखबाट मास्क नहटाउनुहोस् ।

३. क्यान्टिन
खजाको समयमा तपाईंले मास्क हटाउनुहुन्छ, यसकारण क्यान्टिन जानबाट बच्नुहोस् । भिडमा खानुको साटो छुट्टै खानुहोस् । खाँदा दुरी बनाउनुहोस् । आफ्नै पानीको बोतल, भाँडा, चमच प्रयोग गर्नुहोस् ।

४. लक्षण बिनाको पोजेटिभ
आशंकामा जिएर तनाव लिनुभन्दा होसियार रहनुहोस् । बिना लक्षण भएका व्यक्ति घरमा पनि हुन सक्छन् । साथीमा लक्षण देखिए वा कमजोरी अनुभूति भए वर्क फर्म होमको विकल्प दिनुहोस् ।

५. बैठकको व्यवस्था
हरेका दिशामा दुरी राख्नुहोस् । आमने-सामने बस्दा खतरा बढ्छ । यसकारण ग्याप राखेर बस्नुपर्दछ । मास्क हटाउनेवालाले हाच्छिऊँ-खोक्दा हप्काउनुहोस् । यो अवस्थामा अनुशासित हुनै पर्दछ ।

६. रुघाखोकी
रुघाखोकी भएमा कपडाको मास्क नलगाउनुहोस् । गुणस्तरीय मास्क लगाउनुहोस् । ६-७ वटा मास्क आफूसँग राख्नुहोस् । थ्रि-लेयर भएको मास्क उपयुक्त हुन्छ ।

७. फोन चार्जर
चार्जरसहित आफ्ना ग्याजेट साथमै राख्नुहोस् । साझा नगर्नुहोस् । अर्काको पेन वा फोन प्रयोग नगर्नुहोस् । साथीको टेवलमा जाँदा बस्नबाट जोगिनुहोस् । कुर्सिको सफाई गरिरहनुहोस् ।

८. कार्यालयबाट घर
यदि बाहन चढ्नुहुन्छ भने जस्तै मोटरसाइकल भए हेन्डल सफा गर्नुहोस् । कार भएमा बस्ने तथा स्टेरिंग सफा गर्नुहोस् । सफा गरेपछि हात सेनिटाइज गर्नुहोस् । घर पुगेपछि कपडा धुनुहोस, नुहाउनुहोस् । सोभन्दा अघि कुनैपनि चिज नछुनुहोस् । 
 

गाउँ सहर डेस्क

तपाईँको मत