स्वास्थ्य

सामाजिक सञ्जालमा पोस्ट गर्नुहोस मास्क लगाएको सेल्फी, जान्नुहोस के छ चुनौति र किन जरुरी ?

#WearAMaskChallenge को सुरुवात

काठमाडौँ । कोरोनाभाइरसबाट बच्नको लागि अपरिहार्य चिज हो मास्क । संसारभरमा मानिसहरुमा जागरुकता बढाउनको लागि विश्व स्वास्थ्य संगठनले #WearAMaskChallenge को सुरुवात गरेको छ । संगठनका डाइरेक्टर जनरल टेड्रोस अधानोम ग्रेब्रेयेससले भिडियो म्यासेज जारी गर्दै यो कुराको जानकारी दिएका छन् ।

आउनुहोस जानौँ के छ यसका चुनौति र यसलाई कसरी स्वीकार गर्ने ?

को हो #WearAMaskChallenge ?

#WearAMaskChallenge चुनौतिको रुपमा मानिसले मास्क लगाएको एक फोटो या भिडियो तयार गर्नुपर्छ । त्यसपछि सो फोटो या भिडियोलाई सोशल मिडियामा पोस्ट गर्नुहोस र आफ्ना साथीलाई यो चुनौति पुरा गर्नको लागि नोमिनेट गर्नुहोस् । यसले मास्कको बारेमा मानिस जागरुक हुन्छन साथै कोरोना संक्रमणबाट सुरति पनि । तर केवल मास्कमात्र काफी छैन

कोरोनाभाइरसविरुद्धको लडाईंमा मास्क महत्वपूर्ण हतियार हो । तर तर योमात्र काफी भने छैन । योसँगै सामाजिक दुरी र हाइजीनको पनि ख्याल गर्नुपर्दछ । 

मास्क च्यालेन्ज किन एसेप्ट गर्नु पर्दछ ?

१५ देशको सर्वे रिपोर्ट अनुसार भियतनाम ९१%, चीन ८३%, इटली ८१%, जापान ७७% र भारत ७६% रहेका छन् ।

विकसित तर मास्क नलगाउनेमा अर्थात कम प्रयोग गर्नेमा ब्रिटेन १६%, जर्मनी २०%, अस्ट्रेलिया २१%, क्यानडामा २८% र फ्रान्समा ३४% देखिएको छ ।

मास्ककाे थ्रेट स्टेप्स

  1. सहि मास्कको छनौटः देखावटीको लागि भन्दापनि सुरक्छाको लागि लगाउने मास्क छनौट गर्दा विशेष कुरा ख्याल गर्नुपर्दछ । अनुहारमा मास्क फिट हुन्छ कि हुन्न ? नत्र कान या अनुहारमा पीडा हुनसक्छ । खाली भए संक्रमणको झनै जोखिम हुन्छ ।
  2. लगाउने तरिकाः मास्क लगाउँदा सफाइको ध्यान राख्नुपर्छ । मास्क फोहोर या फाटेको छ कि हेर्नु आवश्यक छ । फोहोर हातले लगाउनु हुँदैन । साइड बदल्नु पनि हुँदैन ।
  3. फुकाल्ने तरिकाः मास्क अनुहारबाट हटाउँदा कानतिरको डोरीबाट हटाउनुहोस् र हटाएपछि कपडा या सतहबाट टाढा राख्नुहोस् । प्रयोग भएको मास्क अर्कोलाई प्रयोग नगराउनुहोस् । रियुजेबल मास्क होइन भने सावधानीका साथ डिस्पोज गर्नुहोस् । मास्क फुकाले या हटाएपछि हात राम्ररी धुनुहोस् ।
     

गाउँ सहर डेस्क

तपाईँको मत