स्वास्थ्य

विश्वभर हाल ६३ लाख ५३ हजार जनामा काेराेनाभाइरस सक्रिय, ६५ हजारकाे स्वास्थ्य गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६३ लाख ५३ हजार ६३६ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड २७ लाख २१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ९८ लाख ४ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख २९ हजार ५८६ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६५ हजार १६० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५१ लाख ४९ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ६५ हजार ७० जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार २० जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २६ लाख ३८ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २१ लाख ५२ हजार २० पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४३ हजार ४५३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १४ लाख ७९ हजार ८०४ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २२ हजार ५९२ जना पुगेका छन् भने १६ हजार ३१३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७३ पुगेको छ भने ६ हजार २०६ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत