गाउँ सहर

शनिदेवसँग मानिस सबै भन्दा ज्यादा किन डराउँछन् ?

  • एजेन्सी
  • २४ श्रावण शनिबार, २०७७ | ०८:५०:०० मा प्रकाशित

नव ग्रहहरुमा सातौं ग्रह मानिने शनिदेवसँग मनुष्य सबै भन्दा ज्यादा डराउँछन् । तर शनिदेवले कसैको अहित गर्दैनन। शनिले ब्यक्तिहरुको कर्म अनुसार न्‍याय गर्छन् । शायद त्यसैले उनलाई न्‍यायाधीशको रूपमा पनि  पुजिन्छ । हाम्रो जीवनलाई निरन्तर ब्रह्माण्डीय पिण्डले प्रभाव परि रहेको हुन्छ । हाम्रो जीवन त्यसै अनुरुप संचालित भैरहेको हुन्छ। त्यसै सन्दर्भमा नौं ग्रहको कुरा गरौँ जो मनुष्य जीवनलाई सबै भन्दा बढी प्रभाव पर्ने पिण्डको रुपमा हामी स्वीकार्न सक्छौ । किनकि ग्रह पनि ब्रह्माण्डको त्यो पिण्ड हो जसले शृष्टिमा रहेको हरेक वस्तुलाई सबै भन्दा बढी प्रभावित गरि रहेको हुन्छ ।

 शनि देवले निष्पक्ष रुपले हामीले गरेको कर्मको मुल्यांकन गरि त्यसैको आधारमा दण्ड प्रदान गर्नु हुन्छ ।

जो व्यक्तिले आफ्नो चिन्तनलाई सहि दिशा प्रदान गर्न सफल हुन्छ त्यो व्यक्तिले शनिको दशामा स्वयमलाई अधिक सफल रुपमा स्थापित गर्न सक्छ।ठिक यसको बिपरित जो व्यक्तिले शनिको दशामा नकारात्मकता,भय,असुरक्षाको अनुभव गर्छन त्यस्तो विचार राख्ने व्यक्तिलाई झन् उल्झन,निराशा प्राप्त हुन्छ ।

शनि र राशी

शनि देवले लगभग २९ वर्ष ४ महिनामा १२ राशिको भ्रमण पूर्ण गर्छन् । यस अनुसार शनि एक राशिमा साँढे दुई वर्ष रहन्छन । शनिको प्रभाव एक राशिलाई साँढे सात वर्ष प्रभावित पर्दछन र यसैलाई शनिको साँढेसाती दशा भनिन्छ ।

शनि जुन राशिको भ्रमण गर्छन् त्यस राशी भन्दा अगाडीको राशी र त्यस भन्दा पछाडिको राशीलाई शनिको साँढेसाती दशा रहन्छ । अर्थात् एकै पटकमा शनिको तिन राशिमा साढे सातिको प्रभाव रहने गर्छ ।

शनिको साँढेसाती कालमा यदि व्यक्तिको आचरण सहि छ भने शनिले त्यस व्यक्तिलाई सुख, धन, यश प्रदान गर्दछन् । एक भनाइ छ ‘शनिले दशा छोड्दा जति लिएका थिए त्यो भन्दा बढी दिएर जान्छन् ।’ शनिले ठूला-ठूला अहंकारिको अहंकार तोड्दछन् ।

शनिको दशाकोअवधिमा व्यक्तिको अहंकार पूर्ण रुपले समाप्त हुन्छ । लोभ,लालच, झुठो बोल्ने, जुवा सट्टाको कार्य निच कर्म पाप कर्म गर्नेलाई शनि कठोर सजाय दिन्छन र त्यस प्रकारका व्यक्तिलाई शनिले सहि मार्गमा ल्याई छाड्छन् ।

एजेन्सी

तपाईँको मत