स्वास्थ्य

अमेरिकामा काेराेना संक्रमित ५० लाख नाघे, विश्वभर संक्रमितमध्ये १ करोड २५ लाख निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६२ लाख ७३ हजार ९१३ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड २५ लाख ४४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ९५ लाख ५४ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख २४ हजार ७५ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६५ हजार १९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ५० लाख ९५ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ६४ हजार ९४ जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ५१ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २६ लाख १६ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म २० लाख ८६ हजार ८६४ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४२ हजार ५७८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १४ लाख २७ हजार ६६९ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २२ हजार २१४ जना पुगेका छन् भने १५ हजार ८१४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७० पुगेको छ भने ६ हजार ३३० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत