स्वास्थ्य

‘२०२१ को अन्त्यसम्म कोभिड-१९ को एक अर्ब डोज तयार हुनसक्छ, आशा छ चाँडै संसार महामारीबाट तङ्ग्रनेछ’

खोपमा शीर्ष अमेरिकी विशेषज्ञको जवाफ

काठमाडौँ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ एन्थनी फकीका अनुसार २०२१ के अन्त्यसम्म कोभिड-१९ को एक अर्ब डोज तयार गर्न सकिने छ । यो कुरा एन्थनी फकीले न्यूज एजेन्सी रोयटर्सलाई दिइएको अन्तर्वार्तामा भनेका हुन् ।

एन्थनीले भने— म आशा गर्दछु कि दवाई निर्माता कोरोनाभाइरस भ्याक्सिनको लागि लाखौँ डोज पछिल्लो वर्षको सुरुवातसम्म तयार गर्नेछन् । महामारीसँग जुधिरहेको संसार चपेटाबाट बाहिर निस्कने छ । एन्थनीले भने— ४८ लाख भन्दा बढि केश रहेको अमेरिका सर्वाधिक कोरोना प्रभावित देश हो ।

कयौँ उत्कृष्ट भ्याक्सिन क्लिनिकल ट्रायलको स्टेजमा

एन्थनीका अनुसार, अमेरिकी सरकारले ठूलो स्तरमा यसको तयारी गरिरहेको छ । देशमा कयौँ उत्कृष्ट भ्याक्सिन तयार भइरहेका छन जसको क्लिनिकल ट्रायल चलिरहेको छ । आशा गर्दछु कि यसमा कमसेकम एक भ्याक्सिन प्रभावि र सुरक्षित होस् । 

भ्याक्सिनको सम्बन्ध राष्ट्रपतिय चुनावसँग छैन

एन्थनीले भने— भ्याक्सिन तयार गर्नको लागि दवाव यसकारण बढाइएको छैन किनकी नोभेम्बरमा राष्ट्रपति चुनाव छ । यसको चुनावसँग कुनै सम्बन्ध छैन । स्वास्थ्य अधिकारीले वाचा गरेका छन कि कुनै तरिकाको राजनीतिक दवावको असर भ्याक्सिनमा पर्ने छैन । हामी कोभिड-१९ को एक सुरक्षित भ्याक्सिन जनतामा पुर्याउँछौँ ।

२०२१ सम्म संक्रमण नियन्त्रण हुने आशा

एन्थनीका अनुसार, वर्तमानमा महामारीको जुन अवस्था छ, त्यसमध्ये केहि देश जसले संक्रमण रोक्नमा उत्कृष्ट कार्य गरे, भने केहि देश जहाँ केशहरु बढिरहेका छन् । म आशा गर्दछु कि २०२१ सम्म सबैकुरा नियन्त्रणमा आउनेछ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत