स्वास्थ्य

पाँच महिनाभित्र युवामा संक्रमणको केश ३ गुणा बढ्यो, १५ देखि २४ वर्षमा संक्रमणको खतरा

[डब्लूएचओले दियो युवालाई चेतावनी]

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवामा बढेको कोरोना केशलाई लिएर चेतावनी दिएको छ । उसका अनुसार, संसारभरका युवामा कोरोना केश द्रूतगतिमा बढिरहेको छ । पछिल्लो पाँच महिनामा १५ देखि २४ वर्षका युवामा संक्रमण तीन गुणा बढेको छ ।

२४ फेब्रुअरीबाट १२ जुलाईबीच युवामा संक्रमणको दर ४.५ देखि बढेर १५ प्रतिशतसम्म पुगेको छ । संगठनका अनुसार, ५ देखि १४ वर्षकामा ०.८ देखि बढेर ४.६ प्रतिशत पुगेको छ । विशेषज्ञका अनुसार, केश यसरी बढ्नुमा परीक्षणको दायरा बढेको र स्कुल पुनः खोलेर भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस अधानोमका अनुसार— हामीले पहिले पनि भनिसकेका छौँ र अबपनि भन्छौँ कि युवा विल्कुलै सुरक्षित छैनन् । युवा संक्रमित हुन सक्छन, मृत्युपनि हुन सक्छ र अरुमा संक्रमण फैल्याउन पनि सक्छन् ।

डब्लूएचओका अनुसार, युवामा कोरोना बढ्नुको कारण रात्रिकालिन क्लव खुल्नु र समुन्द्रतटमा घुम्नु हो । यहि कारण संसारभर केश बढिरहेका छन् । पछिल्लो पाँच महिनामा युवामा संक्रमणको केश ६० लाख पुगेको छ ।

डब्लूएचओका अनुसार, अमेरिकामा मात्र नभएर युरोपीय तथा एशियाली मुलुकमा पनि नयाँ केशहरु बढिरहेका छन् । यात्राको समय संक्रमण फैलने खतरालाई उनीहरुले जोड दिएका छन् । 

विशेषज्ञका अनुसार, जसरी संक्रमणको केश बढिरहेको छ यसले बताउँछ कि कोरोनाको दोस्रो लहर आउन सक्छ । कयौँ देशमा यात्रामा नयाँ नियमको आवश्यकता छ । भियतनाम जस्ता देश जहाँ संक्रमण शुन्य भएरपनि पुनः देखिन थालेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत