विश्व

भारतमा काेराेना संक्रमित राखिएकाे अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु

  • एजेन्सी
  • २२ श्रावण बिहीबार, २०७७ | १४:३९:०० मा प्रकाशित

भारतको गुजरात राज्यमा रहेकाे एक अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको अहमदाबादको नवरङ्गपुर क्षेत्रमा रहेकाे अस्पतालमा उक्त घटना भएकाे हाे । उक्त घटनामा मृतकमध्ये तीन जना महिला रहेका छन् । 

अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन् ।

बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । एक घण्टामा आगो नियन्त्रण आएको थियो ।

अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको छ ।

आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएको छ । 

एजेन्सी

तपाईँको मत