स्वास्थ्य

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७ लाख नाघ्याे, ६० लाख ८० हजार जना उपचाररत

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर कोरोनाभाइरस संक्रमितमध्ये हाल ६० लाख ८० हजार ३२० जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड १९ लाख १४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ८६ लाख ९९ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ४ हजार ३२४ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ६० लाख ८० हजार ३२० जनामा सक्रिय केशमध्ये ६५ हजार ४८० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४९ लाख १८ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ६० हजार २९० जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ४०७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २४ लाख ८१ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १९ लाख ६ हजार ६१३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ३९ हजार ८२० जनाको ज्यान गइसकेको छ । जसमध्ये १२ लाख ८१ हजार ६६० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २१ हजार ९ जना पुगेका छन् भने १५ हजार ६२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५८ पुगेको छ भने ५ हजार ९२५ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत