स्वास्थ्य

विश्वभर कोरोनाभाइरस संक्रमितमध्ये ६५ हजारकाे अवस्था गम्भीर, ६० लाख जना सामान्य

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर कोरोनाभाइरस संक्रमितमध्ये हाल ६० लाख ९७ हजार ९९३ जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड १४ लाख ४४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ८२ लाख ३४ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ९२ हजार ७९४ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ६० लाख ९७ हजार ९९३ जनामा सक्रिय केशमध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४८ लाख १३ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ५८ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ६२३ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २३ लाख ८० हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १८ लाख ४ हजार ७०२ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ३८ हजार १६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ११ लाख ९७ हजार २२८ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २० हजार ३३२ जना पुगेका छन् भने १४ हजार ६०३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५७ पुगेको छ भने ५ हजार ६७२ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत