स्वास्थ्य

१२ अगष्टभन्दा अघिनै प्रमाणित हुनसक्छ रुसी कोरोना भ्याक्सिन, थप जान्नुहोस्

काठमाडौँ । संसारभरमा उच्च तनावले पनि ठूलो मन्दीको कारण बनिरहेको कोरोनाभाइरसको समाधान अब केवल भ्याक्सिनसँग मात्र छ । यसको निर्माण र परीक्षणको प्रक्रिया फास्ट ट्र्याकमा छ । अघिल्लो हप्तासम्म लागिरहेको थियो कि अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाको भ्याक्सिन सबैभन्दा पहिले बजारमा आउनेछ । तर, अहिले रुसले घोषणा गरेको छ कि उसको भ्याक्सिन १० देखि १२ अगष्टबीच रजिस्टर हुनेछ, अर्थात उसलाई अप्रूभल मिल्नेछ ।

यो सुनेपछि भारत, ब्राजील, साउदी अरबसमेत २० देशहरुले रुसी भ्याक्सिनमा रुची देखाएका छन् । तर अमेरिकी र यूरोपीय वैज्ञानिकको आँखामा जालसाजी देखिन थालेको छ । कस्तो छ रुसको भ्याक्सिन र कति सुरक्षित र प्रभावकारी हुनेछ ? आउनुहोस् जानौँ ।

कस्तो छ भ्याक्सिन, यति चाँडै कसरी बन्यो ?

  • यो भ्याक्सिनको नाम Gam-Covid-Vac Lyo र यसलाई मस्कोस्थित रुसी स्वास्थ्य मन्त्रालयसँग जोडिएको एक संस्था गेमालेया रिसर्च इन्स्टिच्यूटले बनाएको हो ।
  • रुसी इन्स्टिच्यूटले जूनमा दावी गरेको थियो कि भ्याक्सिन तयार भएको छ । पहिलो चरणको परीक्षण सुरु गरेको छ । यो पनि खबर आइसकेको छ कि रुसको दिग्गज हस्तिले यो भ्याक्सिन लगाउन गइरहेका छन् ।
  • रुसी भ्याक्सिनमा ह्यूमन एडेनोभाइरस भेक्टरको प्रयोग गरिएको छ । उसलाई कमजोर गरिएको छ ताकि उ शरीरमा विकसित हुन नसकोस र शरीरलाई सुरक्षित राख्न सकियोस् ।
  • यो ह्यूमन एडेनोभाइरसलाई एडि५ र एडि२६ नाम दिइएको छ  र दुबैको यसमा समावेस छ । दुबैलाई कोरोनाभाइरस जीनबाट इन्जिनियर गरिएको छ ।
  • यो समय संसारभरमा विकसित भइरहेको धेरै भ्याक्सिन एक भेक्टरमा निर्भर छन जबकि यो दुई भेक्टरमा निर्भर छ । रोगीलाई अर्को बूस्टर शट पनि लगाउनु पर्छ ।
  • रुसी वैज्ञानिकको दावी यो छ कि उनीहरुले अन्य रोगसँग लड्नको लागि बनाएको भ्याक्सिनलाई नै मोडिफाइ गरेका हुन् र यसैकारण चाँडो बन्यो ।
  • अन्य देश र अन्य कम्पनीले पनि यहि अवधारणालाई अपनाएका छन् । मोडेर्नाले मर्स नामक एक सम्बन्धित भाइरसको भ्याक्सिनमा थोरै परिवर्तन गरेको छ ।
  • यसको विकास प्रक्रिया चाँडै भएको छ, तर यूएस र यूरोपीय रेगुलेटर यो भ्याक्सिनको सुरक्षा र प्रभावकारीतामाथि नजर लगाइरहेका छन् ।

अन्य भ्याक्सिनको अवस्था के छ ?

विश्व स्वास्थ्य संगठन भ्याक्सिन ट्र्याकरका अनुसार यो समय संसारभरमा १६५ बढी भ्याक्सिनमा काम भइरहेको छ । यसमध्ये अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाको भ्याक्सिनको ट्रायलबाट राम्रो नतिजा हाता परेको छ तर डब्लूएचओका अनुसार यसको लामो बाटो तय गर्न बाँकी छ । यस्तै अमेरिकी मोडेर्नाको तेस्रो चरणको परीक्षण अघिल्लो हप्ता नै सुरु भइसकेको छ भने यो वर्षको अन्त्यसम्म भ्याक्सिन आउने अनुमान गरिएको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत