जीवनशैली

बकरीद : कुर्बानी दिने कस्तो छ नियम, जान्नुहोस इतिहास र महत्व

काठमाडौँ । हिन्दीमा एउटा कहावत छ— ‘हमने तुमको देख लिया, बस हमारी ईद मुबारक हो गई’

आज कुर्बानीको दिन ईद-उल-अजहा पुरै देश तथा विदेशमा मनाइरहेका छन् । कोरोनाकालमा यसपटक ईदपनि परेको छ । पहिलेको जस्तो रौनक त देखिँदैन तर गच्चेनुसार मनाइरहेका छन् जनता । मस्जिदका इमाम र धर्मगुरु साथै सरकारले मुस्लिम समुदायलाई सामाजिक दुरी पालना गरेर नमाज गर्न अपील गरेका छन् ।

इस्लामिक पात्रोनुसार बकरीदको महत्व

इस्लामिक पात्रोका अनुसार १२ औँ महिना १० तारिखमा बकरीद या ईद-उल-जुहा मनाइन्छ । बकरीद रमजान महिना सकिएपछि लगभग ७० दिनपछि मनाइन्छ । इस्लामिक मान्यतानुसार हजरत इब्राहिमले आफ्ना छोरा हजरत इस्माइललाई यो दिन खुदाको हुकुम अनुसार कुर्बान गरेका थिए । यस्तो मानिन्छ कि खुदाले उनको जुबानलाई देखेर उनका छोरालाई जीवनदान दिएका थि ए । हजरत इब्राहिमको ९० वर्षको आयुमा एक छोरा भए जसको नाम उनले इस्माइल राखे । एकदिन अल्लाहले हजरत इब्राहिमलाई आफ्नो प्रिय चिजलाई कुर्बान गर्न आदेश सुनाए । यसपछि एकदिन दोस्रोपटक हजरत इब्राहिमले समपनामा अल्लाहले उनको सबैभन्दा प्रिय चिजलाई कुर्बानी गर्न भने तब इब्राहिमले आफ्ना छोरालाई कुर्बानी दिन तयार भए ।

ह्जरत इब्राहिमलाई लागिरहेको थियो कि कुर्बानी दिने समय उनको भावना हकिकतमा आउन सक्छ त्यसैले उनले आफ्नो आँखामा पट्टी बाँधेर कुर्बानी दिए । उनले जब आफ्नो आँखाको पट्टी खोले छोरा जिउँदै देखे । काटिएको भेडाजस्तै जनावर थियो । यहि कारण बकरीदमा कुर्बानी दिने प्रथाको सुरुवात भयो ।

कुर्बानीको नियम के छ ?

बकरीदमा कुर्बानी ति व्यक्ति दिन सक्छन जोसँग ५२ तोला चाँदी वा त्यतिनै मूल्यको पैसा उनीहरुसँग हुन्छ । जो व्यक्तिको अगाडिबाटै कर्जा छ भने उसको लागि कुर्बानी जरुरी हुँदैन । कुर्बानीलाई तिन भागमा बाँडिन्छ । एक हिस्सा गरिब, दोस्रो नातेदारी र तेस्रो आफ्नो लागि राखिन्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत