स्वास्थ्य

विश्वभर काेराेना संक्रमित मध्ये १ करोड ११ लाख जना निकाे, ५९ लाख उपचाररत, ६५ हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर कोरोनाभाइरस संक्रमितमध्ये हाल ५९ लाख १३ हजार २५ जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ११ लाख ५८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ७७ लाख ५४ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ८२ हजार ८८५ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५९ लाख १३ हजार २५ जनामा सक्रिय केशमध्ये ६५ हजार ५६३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४७ लाख ५ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ५६ हजार ७४७ जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ७८७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २३ लाख २७ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १६ लाख ९७ हजार ५४ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ३६ हजार ५५१ जनाको ज्यान गइसकेको छ । जसमध्ये १० लाख ९५ हजार ६४७ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित १९ हजार ७७१ जना पुगेका छन् भने १४ हजार ३९९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५६ पुगेको छ भने ५ हजार ३१६ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत