‘सुख-दुःख त जाडो र गर्मीजस्तै आउँछ-जान्छ, यसकारण यसलाई सहन सिक्नुपर्छ’
शान्ति कसरी प्राप्त हुन्छ ? श्रीकृष्ण-अर्जुन संवाद
- गाउँ सहर डेस्क
- १६ श्रावण शुक्रबार, २०७७ | २२:३२:०० मा प्रकाशित
काठमाडौँ । महाभारतमा अर्जुनले युद्धभन्दा पहिले शस्त्र राखिदिएका थिए र श्रीकृष्णसँग भनेका थिए कि म युद्ध गर्न चाहन्न । कौरव पक्षमा पनि मेरो कुटुम्बकै मान्छे छन्, म उनीहरुलाई प्रहार गर्न सक्दिन ।
तब श्रीकृष्णले अर्जुनलाई गीताको ज्ञान दिएका थिए । गीताको कुरा आज पनि हाम्रो कयौँ समस्याहरुलाई दूर गर्न सक्दछ र जीवनमा शान्ति ल्याउन सक्दछ । गीताको दोस्रो अध्यायको १४ औँ श्लोकमा श्रीकृष्ण भन्छन्ः—
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत।।
यो श्लोकमा श्रीकृष्णले सुख-दुःख लाई जाडो-गर्मी जस्तै बताएका छन् । श्रीकृष्ण भन्छन कि सुख-दुःखको आउनु-जानु जाडो र गर्मीजस्तै आउने-जाने जस्तै हो । यसकारण यसलाई सहन सिक्नुपर्छ । जसले गलत इच्छा र लालचलाई त्याग्न सक्छ, केवल उसलाई शान्ति प्राप्त हुन सक्दछ । यो सृष्टिमा कोहिपनि इच्छाबाट मुक्त हुन सक्दैन, तर गलत इच्छालाई जरुर छाड्न सकिन्छ ।
यस नीतिको सरल अर्थ यो हुन्छ कि हाम्रो जीवनमा सुख-दुःख आउँछन-जान्छन् । यो विषयमा चिन्तित हुनुहुँदैन । यदि दुःख छ भने सहन सिक्नु पर्दछ । किनकी आज दुःख छ भने पछि सुख पनि आउँछ । यो क्रम चलिरहन्छ ।
हाम्रो जुनसुकै इच्छा गलत छ, त्यसलाई चाँडै छोड्नु पर्दछ । अर्काको सम्पति देखेर मनमा लालच ल्याउनु हुँदैन । लालच र गलत इच्छाले व्यक्तिको मन अशान्त बनाउँछ । यसबाट बच्नसके मात्र जीवनमा शान्ति आउँदछ । सुख होस या दुःख हामीले समभाव रहेर धर्म अनुसार अगाडि बढ्नु पर्दछ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस