स्वास्थ्य

५ वर्षभन्दा कम उमेरका बच्चामा कोरोनाको खतरा, समुदायमा फैलनसक्ने आशंका

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक स्कूल खोल्ने कोशिश गरिहेका छन तर शोधकर्ताले संक्रमणको खतरा हुने बताएका छन् । अमेरिकी शोधकर्ताका अनुसार ५ वर्षभन्दा कम उमेरका बच्चामा ठूलो संख्यामा कोरोनाभाइरस देखिन सक्छ । यो संक्रमणको मुख्य कारण हुनसक्छ । यो दावी शिकागोमा भएको एक अनुसन्धानमा गरिएको छ ।

५ वर्षभन्दा कम उमेरका ४६ बच्चामा अनुसन्धान

शोधकर्ताका अनुसार, २३ मार्चदेखि २७ अप्रिलसम्म १४५ रोगीको स्वाब टेस्ट गरे । यसमध्ये कोरोनाको हल्का लक्षणदेखि लिएर सामान्य लक्षण भएका रोगी समावेश थिए । यी रोगीको उमेर अनुसार समूहमा बाँडे । पहिलो समूह ५ वर्षसम्मका ४६ बच्चा थिए । दोस्रो समूह ५ देखि १७ वर्ष भएका ५१ बच्चा थिए । र तेस्रो समूहमा १८ देखि ६५ वर्षका ४८ जना समावेश थिए ।

कम उमेरका बच्चा कोरोना बाहक बन्न सक्छन्

शोधकर्ता टेलर हिल्ड सार्जेंटका अनुसार, ती बच्चाहरुको श्वास नलीमा धेरै संख्यामा कोरोनाभाइरस देखियो । यो जतिमात्रामा प्राप्त हुन्छ संक्रमणको खतरा उति नै बढ्ने छ । शोधकर्ता भन्छन्— ५ वर्षभन्दा कम उमेरका बच्चा कोरोनाको बाहक बन्न सक्छन र उनीहरुको उमेर समूहमा कोरोना फैलन सक्छ ।

धेरै नमूना अनुसन्धानको आवश्यकता

शोधकर्ताका अनुसार, बच्चाको व्यवहार र दिवा हेरचाह ढाँचा यस्तो छ जसले जनसँख्यामा कोरोनाको केश बढ्न सक्छ । अनुसन्धान कम संख्यामा बच्चामा भएको छ, योभन्दा ठूलो स्तरमा गर्नु जरुरी छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत