स्वास्थ्य

कोरोनाकालमा सुरक्षित खाना : शाकाहारी र मांशाहारीको भाँडा फरक गर्नुहोस्

[सबै बन्द हुँदापनि यो चिज कहिल्यै बन्द हुँदैन र भएन पनि]

काठमाडौँ । कोरोनाभाइरसका कारण जीवनशैली सम्पूर्ण परिवर्तन गराएको मात्र छैन, हरेक कुरामा सावधानी गर्नैपर्ने अनुशासन पनि सिकाएको छ । भोजन अर्थात खाना हाम्रो पहिलो जरुरतको चिज हो । यसको उपस्थितिबिना जीवन चल्न सक्दैन । सबै बन्द हुँदापनि यो चिज कहिल्यै बन्द हुँदैन र भएन पनि ।

यो महामारीकाे समयमा त खानपानको सुरक्षा झनै अपरिहार्य बनेको छ । हुन त खानपानबाट कोरोना सरेको घटना त आएका वा देखिएका छैनन् तरपनि होशियारी अपनाउनै पर्ने हुन्छ । किनकी रोग नयाँ भएकोले धेरै प्रश्नका उत्तरहरु अनुत्तरित नै छन् ।

चिकित्सक तथा खाद्य गुणस्तरका अनुसार, खानाबाट भाइरस नसेरपनि प्याकिंगको सतहबाट भाइरस फैलन सक्छ । तर आत्तिनु पर्दैन सरसफाइमा ध्यान दिएर यो मामला सुल्झाउन भने सकिन्छ ।

निम्न कुरा ध्यान दिनुहोस्

  1. अपरिहार्य हुँदामात्र किराना सामान खरिद गर्न बाहिर निस्कनुहोस् । त्यो समय मास्क, पन्जा, चस्मा लागएर ७०% अल्कोहल भएको सेनिटाइजर साथमा बोक्नुहोस् ।
  2. आफैँ सपिंग ब्याग बोकेर जानुहोस् । कम भिड हुने स्थानमा सपिंग गर्न जानुहोस् ।
  3. कोशिश गर्नुहोस कि सबै सामान एकैठाउँ किन्न । 
  4. असहज, वा विरामी महशुष गर्नुभएको छ भने बाहिर ननिस्कनुहोस् । 
  5. आफूसँग मोबाइल, क्रेडिट कार्ड साथमा राख्नुहोस् ताकि तपाईंले क्यासलेस पेमेन्ट गर्न सक्नुहोस् । महामारीको समयमा नगदभन्दा डिजिटल पेमेन्टलाई प्राथमिकता दिनुहोस् ।

पसलमा के सावधानी अपानाउने ?

१. बिल काउन्टर, पसलभित्र या सामान उठाउने समय सामाजिक दुरीको पालना गर्नुहोस् ।
२. ति उत्पादन मात्र छुनुहोस जुन किन्न चाहनुभएको छ । अन्य कुरा छुनबाट बच्नुहोस् ।
३. आफ्नो मुख, अनुहार वा नाकलाई नछुनुहोस् । छुनैपरे सफा टिस्यू पेपर वा रुमालको प्रयोग गर्नुहोस् र प्रयोगपछि डिस्पोज गर्नुहोस् ।
४. स्टोर बाहिर वा भित्र सेनिटाइजरको प्रयोग गर्नुहोस् । संभव नभए हात धुनुहोस् ।
५. किनेको सामान बजारबाट ल्याएपछि शरीरबाट टाढा राख्नुहोस् । सपिंग ब्याग या बास्केटमा राख्नुहोस् ।

घर पुगेपछि जुत्ता बाहिर राख्नुहोस र मोबाइल सेनिटाइज गर्नुहोस्

  • बजारबाट फर्किएपछि सबैभन्दा पहिले जुत्ता बाहिरै राखेर सफाई गर्नुहोस् । लगाएको लुगापनि सफा गर्नुहोस् । साथमा रहेको चाबी र मोबाइललाई सेनिटाइज गर्नुहोस् ।
  • बजार बाट किनेको फूड प्रोडक्ट्सलाई अल्कोहल सोल्यूशन या सावुन वा सफा पानीले सफा गर्नुहोस् । यदि प्याकेटले कुनै सतह छोएको भए सतहलार्य सेनिटाइज गर्नुहोस् ।

कन्टेक्ट लेस होस फूड डेलिभरी

  • घरबाट बाहिर हुनेले खाना मगाउनु जरुरी हुन्छ । यस्तो अवस्थामा फूड अर्डर गर्दै हुनुहुन्छ भने सावधानी राख्नुहोस् । किनकी प्याकेजिंग सतहमा कोरोनाभाइरस हुनसक्छ ।
  • अर्डर रिसिबीको समय कन्टेक्ट लेस डेलिभरी रोज्नुहोस् । यस्तो असम्भव भए कम्तिमा १ मिटरको दुरी पालना गर्नुहोस् ।
  • रेष्टुरेन्ट वा डेलिभरी सर्भिसेसको सफाईलाई ध्यान दिनुहोस, तर यसपछि पनि सुरक्षालाई लिएर हामी सतर्क हुनु जरुरी हुन्छ ।

शाकाहारी र मांशाहारीको लागि अलग चक्कु र भाँडाको प्रयोग

खाना बनाउँदा भेज र ननभेजका सामान एउटै प्रयोग नगर्नुहोस् । खाना बनाउने मानिस कुनै लक्षणबाट ग्रसित भए उसको प्रयोग नगर्नुहोस् । खाना बनाउँदा सफा चक्कू, चपिंग बोर्ड, प्लेट्सको प्रयोग गनुृहोस् । साथै विभिन्न आइटमको भाँडा छुट्टै गर्नुहोस् । खानामा सलाद चाहिए पहिले मजासँग सफा गरेर मात्र बनाउनुहोस् । खानामा सँधै ताजा तेलको प्रयोग गर्नुृहोस् । खाना पकाउँदा वा पकाइसकेपछि हात राम्रोसँग धुनुहोस् ।

सन्तुलित भोजन बनाउनु र खानुहोस्

प्रतिरोधात्मक क्षमता राम्रो बनाउन खानामा हेलचेक्राइँ नगर्नुहोस् । पोषणयुक्त खाना खानु अपरिहार्य छ । भिटामिन, मिनरल्स, जिंक, सेलेनियम, आइरन, कपर, अमीनो एसिड, ओमेगाजस्ता कुराहरु मिश्रितले हाम्रो प्रतिरोधात्मक क्षमता अभिवृद्धिको लागि जरुरी हुन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत