स्वास्थ्य

विश्वभर कोरोना संक्रमित ५८ लाख ५५ हजारको अवस्था गम्भीर, ६ लाख ७६ हजारको मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर कोरोनाभाइरस संक्रमितमध्ये हाल ५८ लाख ५५ हजार ६६८ जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ९ लाख ३२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ७४ लाख ६५ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ७६ हजार ४०९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५८ लाख ५५ हजार ६६८ जनामा सक्रिय केशमध्ये ६६ हजार ३९० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४६ लाख ३४ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ५५ हजार २८५ जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ७८३ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २२ लाख ८४ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १६ लाख ३९ हजार ३५० पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ३५ हजार ७८६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १० लाख ५९ हजार ९३ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित १९ हजार ५४७ जना पुगेका छन् भने १४ हजार २४८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५२ पुगेको छ भने ५ हजार २४७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत