स्वास्थ्य

कोरोना महामारीको समयमा धूमपानले ज्यान लिन सक्छ, सहि मौका छ छाड्नलाई

[महामारीपछि एकलाख भन्दा बढिले छाडे]

काठमाडौँ । चुरोट पिउँदा फोक्सोमा समस्या, श्वास फेर्न समस्या हुने कुरा सबैलाई थाहा छ । झनै यो महामारीको समयमा धूमपान झनै खतरनाक सावित भएको छ ।

डब्लूएचओले कोभिड-१९ को गम्भीर केश र अस्पतालमा विरामीको मृत्यु धूमपानसँग जोडिएको जून महिनामै बताएको थियो । संगठनले सो समयमै धूमपान छाड्ने सल्लाह दिएको पनि थियो । धूमपानले हाम्रो फोक्सोको क्षमतालाई गिराउँछ र रेस्पिरेटरी इन्फेक्शन हुने सम्भावना बढाउँछ । तसर्थ यहि महामारीलाई कहर वा मौका छोपी धूमपान छाड्नु नै बुद्धिमानी देखिन्छ ।

एक्शन अन स्मोकिंग एण्ड हेल्थ (एएसएच) को सर्वे अनुसार, कोभिड-१९ महामारी फैलिएपछि १ लाख बढीले धूमपान छाडे । यसमध्ये बितेको ४ महिनामा धूमपान छोड्ने ४१% ले यसको कारण कोरोनाभाइरस बताएका छन् । यसको अलावा यूनिभर्सिटी कलेज लण्डन (यूसिएल) ले २००७ बाट सर्वे सुरु गरेपछि यदि अघिल्लो वर्षको तुलना गरे जसमा जून २०२० मा सबैभन्दा बढीले धूमपान छाडेका छन् ।

जोखिम के छ ?

कयौँ चिकित्सक यो मान्दछन कि धूमपान नगर्ने व्यक्तिभन्दा गर्नेमा भाइरसको जोखिम बढी छ । एक अध्ययनका अनुसार, कोरोनाको मुख्य संक्रमण (ज्वरो, घाँटी खसखस र श्वास लिनमा समस्या) हुने आशंका १४ प्रतिशत बढी थियो ।

धूमपान कसरी छाड्ने ? कसरी निर्धक्क बन्ने ?

कयौँ मानिस धूमपान छाड्नबाट डराउँछन, किनकी पहिले पनि कोशिश गरेको, तर असफल रहेका हुन्छन् । उनीहरुको लागि धेरै कठिन हुन्छ किनकी छाडेपछि पहिलेकै अवस्थामा आउन सकिन्छ ? भनेर ।

धूमपान छाड्नको लागि कसरी आत्मविश्वास बढाउने ?

  • एकदिन चुरोट छाड्ने कोशिश गर्नुहोस् । फेरी दुइदिन गर्नुहोस्, क्रमश दिन बिराउनुहोस् ।
  • भर्खरै छाडेकाबाट सिक्नुहोस, उनीहरु के गरिरहेका छन् ।
  • कोशिश जारी राख्नुहोस् ।
  • अप्सन नखोज्नुहोस, जस्तै चुरोटको ठाउँमा गुट्खा । सन्तुलित भोजन र नियमित व्यायाम गर्नुहोस् ।

धूमपान छाड्न योजना बनाउनुहोस्

तपाईंलाई सहयोग पुग्नेगरी योजना बनाउनु होस् । गते चुन्नुहोस, परिवार तथा साथीभाइलाई सुनाउनुहोस्, आउनसक्ने चुनौतिको बारेमा जानकार हुनुहोस्, नजिकबाट धूमपानका चिजहरु हटाउनुहोस् ।

चुरोट किन छाड्ने ? यी हुन कारण

डब्लूएचओका अनुसार चुरोटमा ७ हजार भन्दा बढी केमिकल्स हुन्छन जसमध्ये २५० हानिकारक हुन्छन र कमसेकम ६९ लाई क्यान्सरको कारक मानिन्छ ।

धूमपान सम्बन्धित हावादारी कुरा

कम हानिकारक हुने, स्थानीयपन, थोरै संख्यामा तान्नु र केवल वृद्धवृद्धालाई मात्र रोग लाग्ने भन्ने कुरा गलत र हावादारी हुन् । 

हरेक वर्ष ८० लाखको ज्यान लिन्छ

धूमपान, सूर्ती, तम्बाकुका कारण हरेक वर्ष कार्डिभेस्कुलर डिजीज, फोक्सोको समस्या, क्यान्सर, डायबिटीज र हाइपरटेन्शन जस्ता रोगले ८० लाखले ज्यान गुमाउने गरेका छन् । धूमपानले रेस्पिरेटरी इन्फेक्शन, क्यान्सर, अन्धोपन, नपुंसकता, हर्ट अटैक जस्ता कयौँ रोग हुन्छ । यसको अलवा प्रेग्नेन्ट महिला तम्बाकु सेवन गर्दछिन भने पेटको बच्चामा कम तौल हुने आशंका रहन्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत