स्वास्थ्य

डब्लूएचओको अर्को चेतावनी- ‘यो महामारी कुनै सिजनल फ्लू होइन, एउटा ठूलो लहर छ’

[नयाँ कोरोनाले छुट्टै व्यवहार गर्दछ]

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को चेतावनी दिएको छ ।

संस्थाकी प्रवक्ता मार्गेरेट हेरिसले कोरोनाभाइरसको संचारणमा उत्तर दिँदै भनिन्— यो महामारी सिजनल फ्लू (मौसमी रोग) होइन, एउटा ठूलो लहर हो । मानिसहरु अहिलेसम्म यसलाई सिजनल रोग मानिरहेका छन् । कोरोना नयाँ भाइरस हो जुन इन्फ्लूएन्जाजस्तो व्यवहार गर्दैन । यसले छुट्टै तरिकाको व्यवहार गर्दछ ।

मार्गेरेटले जेनेभामा भर्चुअल कन्फरेन्सको समयमा भनिन्— ठूलो स्तरमा हुने भिडभाड, समारोहमा यो धिमी गतिले फैलिरहेको छ, यसलाई रोक्नको लागि सावधान हुनु जरुरी छ । महामारीको एक ठूलो लहर बन्न गइरहेको छ । जसको ग्राफ बढ्नेछ—घट्नेछ, ठिक यो हुन्छ कि सावधानी रहनु ।

मार्गेरेटका अनुसार, कोरोना जुनसुकै मौसममा सक्रिय हुन्छ । दक्षिणी गोलार्ध्वमा कोरोनासँगै सिजनल इन्फ्लूएन्जाको केश बढ्नु एक संयोग मात्र हो । डब्लूएचओ यसमा लगातार नजर लगाइरहेको छ । अहिलेसम्म ल्याबमा आएका नमूनामा फ्लूको केश धेरै आएका छैनन् । यदि तपाईं पहिलेबाटै श्वासको रोगसँग जुधिरहेको हुनुहुन्छ भने संक्रमण भएमा अवस्था नाजुक हुन सक्छ । तसर्थ आग्रह छ कि तपाईंहरु फ्लूको भ्याक्सिन लगाउनुहोस् ।

डब्लूएचओले मानिसमा सामुहिक इम्यूनिटी विकसित हुन समय लाग्ने भन्दै कोभिड-१९ को पहिलो खोप २०२१ भन्दा अघि आशा नरहेकाे पनि बताएकाे छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत