स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ६६ लाख जनाकाे अवस्था गम्भिर, नेपालमा ५,१३९ जना उपचाररत

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये हाल ५७ लाख ७२ हजार ६०४ जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ कराेड ४ लाख ५६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ६८ लाख ९२ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ६३ हजार ४०८ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५७ लाख ७२ हजार ६०४ जनामा सक्रिय केशमध्ये ६६ हजार ५०४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४४ लाख ९८ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ५२ हजार ३२० जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ९९२ जनाकाे अवस्था गम्भीर छ । अहिलेसम्म २१ लाख ८५ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १५ लाख ३२ हजार १३५ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ३४ हजार २२४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९ लाख ८८ हजार ७७० जना निको भएका छन् । ८ हजार ९४४ जनाकाे अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित १९ हजार ६३ जना पुगेका छन् भने १३ हजार ८७५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४९ पुगेको छ भने ५ हजार १३९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत