गाउँ सहर

विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये हाल साँढे ५७ लाख उपचाररत, ६ लाख ५६ हजारकाे मृन्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये हाल ५७ लाख ५४ हजार ४३० जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ कराेड २ लाख ३१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ६६ लाख ४२ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ५६ हजार ४९४ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५७ लाख ५४ हजार ४३० जनामा सक्रिय केशमध्ये ६६ हजार ५७५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४४ लाख ३३ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ५० हजार ४४४ जनाले ज्यान गुमाइसकेका छन् भने १९ हजार १०० जनाकाे अवस्था गम्भीर छ । अहिलेसम्म २१ लाख ३६ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १४ लाख ८२ हजार ५०३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ३३ हजार ४४८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९ लाख ५३ हजार १८९ जना निको भएका छन् । ८ हजार ९४४ जनाकाे अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित १८ हजार ७५२ जना पुगेका छन् भने १३ हजार ७५४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४८ पुगेको छ भने ४ हजार ९५० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत