विश्व

ऐश्वर्या र आराध्या हस्पिटलबाट डिस्चार्ज

  • एजेन्सी
  • १२ श्रावण सोमबार, २०७७ | १८:५४:०० मा प्रकाशित

मुम्बई । नानावटी हस्पिटलमा कोभिड-१९ को उपचार गराइरहेका ऐश्वर्या राय र उनकी छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ ।

यो कुराको जानकारी उनका पति अभिषेक बच्चनले ट्विटरमार्फत गरेका हुन् ।

अभिषेकले ट्विटरमा लेखेका छन्— सबैमा आभारी छु । ऐश्वर्या र आराध्याको टेस्ट नेगेटिभ आएको छ, उनीहरुलाई डिस्चार्ज गरिएको छ । अब उनीहरु घरमा रहनेछन् । म र मेरो पिता मेडिकल स्टाफको रेखदेखमा अस्पतालमा रहन्छौँ ।

४६ वर्षिया ऐश्वर्या र ८ वर्षकी उनकी छोरीको ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको हो ।
 

एजेन्सी

तपाईँको मत