स्वास्थ्य

‘आमा, नवजात र कोरोना’

सावधानी अपनाए हुनेवाला बच्चामा संक्रमण फैलँदैन

सांकेतिक : तस्बिर

काठमाडौँ । डेलिभरीपछि कोरोना पीडित आमाबाट नवजात बच्चामा कोरोना संक्रमण भइरहेको छ वा छैन, यसलाई बुझ्नको लागि भर्खरै अनुसन्धान भएको छ । १२० नवजातमा भएको अनुसन्धानबाट यो नतिजा आएको छ कि सावधानी अपनाउँदा बच्चामा कोभिड-१९ फैलँदैन । जन्मेको दुइहप्ता पछि सम्म स्तनपान गर्दा वा छालाको सम्बन्ध गर्दापनि संक्रमण फैलँदैन ।

महामारीको सुरुवातमा विशेषज्ञले आमा र नवजात बच्चलाई अलग राख्ने कुरा गरेका थिए । तर हालै विश्व स्वास्थय संगठन र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले भने— यदि सावधानी अपनाए नवजातलाई स्तनपान पनि गराउन सकिन्छ, यो सुरक्षित छ । लैंसेट जर्नलमा प्रकाशित शोधका अनुसार, राम्रो स्वास्थयको लागि आमा र नवजातबीच एक अर्कामा शारीरिक स्पर्शपनि अत्यन्तै जरुरी छ ।

न्यूयोर्कका तीन अस्पतालमा १२० जना नवजातमा २२ मार्चदेखि १७ मे सम्म अनुसन्धान गरिएको थियो । जन्मेको २४ घण्टाभित्र उनीहरुमा कोभिड-१९ परीक्षण भयो । ७९ नवजातमा ५ देखि ७ दिनमा दुइपटक परीक्षण भयो । यसमध्ये ७२ नवजातको दुइहप्ता पछि एकपटक पुनः परीक्षण भयो । कुनैपनि नवजातको नतिजा पोजोटिभ आएन र कुनै लक्षण देखिएन ।

शोधकर्ताका अनुसार, नवजात उठ्दा, स्तनपान गराउँदा केहि सावधानी अपनाउनु पर्दछ । जस्तै आमालाई सर्जिकल मास्क लगाउनु पर्दछ, स्तनपान गराउनुभन्दा पहिले सफाई गर्नु जरुरी छ र हातलाई राम्रोसँग धुनु पर्दछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत