विश्व

हलिउडको ‘गोल्डेन एज’ की एकमात्र जीवित स्टार ओलिभिया रहिनन्

  • एजेन्सी
  • १२ श्रावण सोमबार, २०७७ | ०९:०६:०० मा प्रकाशित

हलिउडको ‘गोल्डेन एज’ की एकमात्र जीवित स्टार ओलिभिया डी हाभिल्याण्डकाे निधन भएकाे छ । 

उनको १०४ वर्षको उमेरमा निधन भएको हो ।

हलिउडमा ५० वर्ष भन्दा धेरै सक्रिय रहेकी ओलिभियाले झण्डै ५० चलचित्रमा काम गरेकी छन् । उनी सन् १९३९ को ‘गन विथ द विन्ड’ एक मात्र जीवित कलाकार थिइन् ।

ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनको निधन आइतबार पेरिस स्थित निवासमै भएको जानकारी दिइएको सिएनएनले जनाएको छ ।

ओलिभियाको जन्म जापानको टोकियोमा सन् १९१६ को जुलाई एकमा भएको हो । त्यसको केही समयपछि नै उनको परिवार अमेरिकाको क्यालिर्फोनिया गएको थियो ।

उनले एरोल फ्लीनसँग क्याप्टेन ब्लडमा काम गरेकी थिइन् । उनले द एड्भान्चर्स अफ रोबिन हूडमा पनि काम गरेकी थिइन् । गन विथ विन्डका लागि उनले ओस्कार जितिन् ।

उनले सन् १९४६ मा ‘टू इच हिव वन तथा सन् १९४९ मा द हाइरेसका लागि ओस्कार अवार्ड जितेकी थिइन् । सन् १९८० को दशकसम्म काम गरेकी उनले १९८६ मा एनास्टेसियाः द मिस्ट्री अफ एनाका लागि गोल्डेन ग्लोब अवार्ड जितेकी थिइन् ।

एजेन्सी

तपाईँको मत