वातावरण

मानिस र वाहनको दवाव कम हुँदा भाइब्रेसन ५० प्रतिशत घट्यो, भूकम्प पत्ता लगाउन पहिलेभन्दा सजिलो

[लकडाउनले शान्त धर्ती]

बेल्जियम । कोरोनाकालमा मानवको कारण धर्तीमा भएको भाइब्रेसन अर्थात कम्पनमा ५०% कम भएको छ । 

धर्तीभित्रको दवाव कम भएको छ । यो आंकडा बेल्जियमको रोयल वेधशालाले संसारभरका ११७ देशको २६८ रिसर्च स्टेशनबाट संकलित जनाकारीको आधारमा जारी गरेको हो ।

रोयल वेधशालाको रिपोर्ट अनुसार, सामान्य दिनमा शहरी क्षेत्रमा मानव, कार, ट्रेन र बसका कारण धर्तीमा कम्पन प्रदा हुन्छ तर लकडाउनको समयमा धर्ती धेरै शान्त रह्यो ।

भूकम्प पत्ता लगाउन सजिलो

रिसर्च रिपोर्टका अनुसार, धर्तीमा कम्पन कम भएपछि भूकम्पको जानकारी समयभन्दा पहिले नै दिन सहज भएको छ । धर्तीमा कम्पन कति भयो सिस्मोमिटर्सको माध्यमबाट मापन गरिन्छ । यो सेन्सर्सको प्रयोग भूकम्पिय तरंगसँगै मानव गतिविधिबाट हुने ध्वनीलाई ट्र्याक र बुझ्नमा काम आउँदछ । 

अप्रिलमै जनाइएको थियो सम्भावना

यो रिसर्चका मुख्य शोधकर्ता डा. थोमस लीककले अप्रिलमा भनेका थिए कि मानवको गतिविधि कम भएको कारण यसबाट नयाँ कुरा थाहा पाइनेछ जुन पर्यावरण र अर्को चिजको लागि सवक सावित हुनेछ ।

लकडाउनको कारण पहिलो पटक पत्ता लाग्यो यी चार कुरा

१. संसारमा हो-हल्ला कम भयो
२. मानव गतिविधि कम हुँदा नयाँ जानकारी प्राप्त भयो 
३. बसोबास बढेमा प्राकृतिक र भौगोलिक आपतसँग जुध्नुपर्दछ
४. कम्पन कम हुँदा भूकम्पको सटिक आंकडा आउनेछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत