स्वास्थ्य

कोरोनासँग लड्ने नयाँ तरिका : अमेरिकाले प्रोटिनबाट बनायो कोरोनाभाइरसको नक्कल

[भाइरसले मानिसमा महामारीबाट लड्नको लागि एन्टिबडी तयार गर्ने दावी]

अमेरिका । अमेरिकाका शोधकर्ताले ल्याबमा बंशाणु परिवर्तन गरेर केवल प्रोटिनबाट यस्तो भाइरस बनाएको छ जुन कोरोनाजस्तै देखिन्छ । यो धेरै हल्का छ र कोरोनाको महामारी फैल्याउँदैन । यो भाइरसले मानिसलाई कोरोनासँग लड्नको लागि एन्टिबडी पैदा गराउँछ । यो भाइरसको प्रयोग संसारभर दवाई तथा भ्याक्सिन टेस्टिंगको लागि हुनेछ ।

भाइरसको नाम VSV-SARS-CoV-2 (भेसिकुलर स्टोमेटाइटिस भाइरस) राखिएको छ । यसलाई वाशिंगटन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले तयार गरेको हो । शोधकर्ताका अनुसार, यो भाइरस स्वस्थ कोशिकालाई संक्रमित गरे शरीरमा बन्ने एन्टिबडी यसको तारगेटमा पर्दछ, ठिक त्यसरी नै जुन कोरोनाको केशमा हुन्छ । यसरी शरीरमा एन्टिबडीजलाई कोरोनासँग लड्नको लागि तयार गर्ने कोशिश भइरहेको छ ।

यसलाई कोरोनजस्तै बनाइयो

शोधकर्ताले नयाँ भाइरस भिएसभी को माथिल्लो प्रोटिन हटाएर त्यसमा कोरोनाभाइरसको स्पाइक प्रोटिन लगाए । यसरी नै भाइरसलाई कोरोनाको नक्कल नमूना (भिएसभी-सार्स-कोभ-२) तयार गरे । नयाँ भाइरसमा केवल कोरोनाको प्रोटिन प्रयोग गरियो, विरामीलाई घातक बनाउनेवाला जीन हालिएन ।

यो कसरी काम गर्दछ, यसकारण वैज्ञानिकले प्रयोग गरे । शोधकर्ताले कोरोना सर्भाइभरको शरीरबाट एन्टिबडीज अलग गरे । पछि यसको प्रयोग ल्याबमा बनेको भाइरसमा गरे । नतिजामा विरामीको एन्टिबडीजले यो नयाँ भाइरसलाई पहिचान गर्यो र रोक्यो ।

शोधकर्ताका अनुसार जुन एन्टिबडीजले हाइब्रेड भाइरसलाई रोक्यो त्यसैले कोरोनाभाइरसबाट संक्रमित हुनबाट रोक्नेछ । यदि कुनै एन्टिबडी ल्याबमा भएको भाइरसलाई रोक्न सक्दैन भने कोरोनालाई पनि रोक्न सक्दैन ।

शोधकर्तालाई अनुसन्धानको लागि दिइयो यो भाइरस

शोधकर्ताका अनुसार, कोरोनाभाइरस एयरोसोलको माध्यमबाट फैलिरहेको छ, यो कण अत्यन्तै खतरनाक सावित हुन सक्छ । यसबाट बच्न अत्यन्तै जरुरी छ । शोधकर्ता सिएन वेलनका अनुसार— हामीले यो भाइरसलाई अनुसन्धान गर्नको लागि अर्जेंटीना, मेक्सिको, ब्राजील, क्यानडामा पठाएका छौँ र अमेरिकामा पहिले नै छ ।

३ देखि ५ दिनसम्म देखिनसक्छ लक्षण

शोधकर्ताका अनुसार, कोरोनाभाइरस जस्तै यो नमूना हामीले तयार गरेका छौँ, यसले मानिसलाई नोक्सानी पुर्याउँदैन । यसलाई बंशाणुगत परिवर्तन गरिएको छ । यस्तो भाइरस गाइगोरु, सुँगुर र घोडामा हुन्छ । यो मानिसमा अपवादमा संक्रमित गर्न सक्छ । यदि संक्रमण भएपनि फ्लूको सामान्य लक्षण ३ देखि ५ दिनसम्म देखिन्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत