स्वास्थ्य

कोरोनाको कहरमा किन “एन-९५” नै ! अरु मास्क प्रभावकारी हुँदैन ?

काठमाडौँ । यसभन्दा अगाडि पनि हामीले विभिन्न चार प्रकारका मास्कको बारेमा चर्चा गरेका थियौँ । आखिर बजारमा यीनै मास्कका चर्चा छन् किनकी विश्व अहिले कोरोनासँग लडिरहेको छ अनि कहरपनि उत्तिकै छ । तर तपाईंलाई धेरै दोधार अझैपनि भएको हुनसक्छ कि आखिर एन-९५ कै चर्चा किन छ त ! यसको हामीले विभिन्न सन्दर्भग्रन्थको सहारामा उत्तर खोज्ने प्रयास गरेका छौँ ।

कोरोनाभाइरसविरुद्धको लडाईंमा अहिले मास्क सबैभन्दा महत्वपूर्ण हतियार सावित भएको छ । सीडीसी, डब्लूएचओ, स्वास्थ्य मन्त्रालय तथा अन्य कयौँ स्वास्थ्य संस्थाहरुले मास्क लगाउनलाई अनिवार्य गरेका छन र अपिल पनि गरेका छन् । सबैसँग एन-९५ मास्ककै पहुँच र उपलब्धता नहुन पनि सक्छ । तर जे भएपनि, र जस्तो भएपनि मास्क लगाउँदा केहिनकेहि भाइरसका कणहरु रोक्नसक्ने कुरा सत्य सावित भएको छ । तसर्थ मास्क अनिवार्य सर्त बनेको छ ।

एन-९५ नै किन ?

बजारमा मेडिकल मास्क, होममेड मास्क, होममेड फिल्टर मास्क र एन-९५ मास्कको प्रयोग भएको पाइन्छ । एन-९५ को डुब्लिकेट उत्पादन त झनै कति कति । केहि अस्पतालहरुमा एन-९५ फिल्टर भएको लगाएर भित्र जान पनि नेपालमा रोक्न थालेका छन् । जुन मास्कलाई संसारका विज्ञहरुले सुरक्षित बताएका छन् । विज्ञका अनुसार यो मास्कले ०.३ माइक्रोन्सको आकार भएको कणलाई ९५ प्रतिशतसम्म रोक्न सक्छ । जबकि कपडाको मास्कले ६९ प्रतिशतमात्र रोक्न सक्छ । कोरोनाको कणको आकार ०.६ देखि ५ माइक्रोन्स सम्म हुने भएकोले सबैभन्दा सुरक्षित मास्क नै एन-९५ देखिएको छ ।

एन-९५ मास्क दुई प्रकारका हुन्छन् । एकः भल्भ भएको र दोस्रोः भल्भ नभएको । 

अर्को बुझ्नुपर्ने कुरा के छ भने कोरोनाको कण ०.६ देखि ५ माइक्रोन्स सम्म हुन्छ । यस्तै धूलोको कण ५ देखि १००० माइक्रोन्स, फोहोरको कण ३ देखि १०० माइक्रोन्स र ब्याक्टेरियाको कण १ देखि १० माइक्रोन्स सम्म हुन्छ । यसकारण ०.३ माइक्रोन्सबाटै प्रोटेक्सन गर्ने भएकोले एन-९५ अन्तर्राष्ट्रिय रुपमा प्रभावी मानिएको छ । यो मास्क एकल प्रयोग हुने जुन पोलिस्टर र सेन्थेटिक फाइबरबाट बनेको हुन्छ । यसकारण यो भरपर्दो छ ।

यो मास्क लगाउँदा छाला र मास्कको ग्याप हुनु हुँदैन । यसमा एउटा नोजपीस हुन्छ जुन अनुहारको आकारको हिसावमा राख्न सकिन्छ । यो मास्क बच्चाको अनुहारमा फिट हुँदैन । ठूलो मान्छेको पनि दाह्री बढेमा पनि ठिक हुँदैन ।

केहि एन-९५ मास्कमा एक्जेलेशन भल्भ पनि हुन्छ जसले श्वास फेर्न सजिलो बनाउँछ । यो मास्क विशेष गरी कन्स्ट्रक्सनमा उपयोग हुन्छ । भल्भ भएको मास्क हस्पिटलको अपरेशन रुमजस्ता स्थानमा उपयोग गर्नु हुँदैन । सो स्थानमा यो मास्क लगाएर सास फेर्दा अर्काको सुरक्षा हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत