गाउँ सहर

विश्वभर काेराेना संक्रमित १ करोड ५३ लाख भन्दा बढि, मृतकको संख्या ६ लाख ३० हजार

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये हाल ५३ लाख ९२ हजार ९३० जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९३ लाख ४८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ५३ लाख ७१ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ३० हजार १३८ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५३ लाख ९२ हजार ९३० जनामा सक्रिय केशमध्ये ६६ हजार १७० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४१ लाखभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ४६ हजार १८३ जनाले ज्यान गुमाइसकेका छन् भने १९ लाख ४२ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १२ लाख ३९ हजार ६८४ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये २८ हजार ८९० जनाको ज्यान गइसकेको छ । जसमध्ये ७ लाख ८४ हजार २६६ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमण १८ हजार ९४ जना पुगेका छन् भने १२ हजार ६८४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४२ पुगेको छ भने ५ हजार ३६८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत