स्वास्थ्य

झरीको मौसममा बन्द स्थानमा कोरोना संक्रमणको खतरा

काठमाडौँ । झरीको यो मध्य समयमा कोरोनाभाइरस कस्तो व्यवहार गर्दछ ? हुनत अहिले स्पष्टसँग उत्तर दिने समय छैन । पहिले पनि संसारभरका नेता र वैज्ञानिकको समुदायले यो आशा दिलाएका छन कि गर्मीमा यसको प्रकोप कम हुन्छ भनेर । तर यस्तो भएन । नेपालमा पनि पछिल्लो समय संक्रमण ह्वात्तै बढ्यो तर अहिले घट्दो दर देखिएको छ । तर ध्यान दिनुहोस कि यस्ता कयौँ भाइरस हुन्छन जुन मौसम अनुसार परिवर्तित हुने गर्दछन् ।

यो झरीको मौसममा रुघाखोकी, घाँटी खसखस, ज्वरो, झाडापखला, निमोनिया, टाइफाइड, डेंगूजस्ता अनेक रोगले आक्रमण गर्ने गर्दछन् । देशभित्र अधिक पानी परेको कारण बाढी, पहिरोले जनधनको उच्च क्षति पुर्याइरहेको छ । यी सबै कुराहरुमा सावधानी अपनाउनु त छँदैछ त्यहिँमाथि कोरोनाले सर्वत्र प्रताडित बनाएको अवस्था छ ।

वर्षातको समयमा मौसममा आद्रता बढ्ने गर्दछ । भाइरस बढी समयसम्म सक्रिय रहने गर्दछ । बन्द कोठामा संक्रमणको खतरा बढ्न सक्छ । आद्रता बढ्दा एयरोसोल ट्रांसमिशनको लागि उपयुक्त परिस्थिति बन्ने गर्दछ । यो चाँडै नष्ट पनि हुँदैन ।

झरीको मौसममा डेंगू र मलेरियाजस्ता विरामी बढ्न सक्छ । यसको सुरुवाती लक्षण पनि कोरोनाको जस्तै हुन सक्छ । यसकारण आत्तिएर ठूलो सँख्या अस्पताल जाँदा त्यहाँ संक्रमणको खतरा बढ्न सक्छ ।

यो कोरोनाकालमा मास्कलाई महत्वपूर्ण मानिएको छ । वर्षातमा जो व्यक्ति दुइपाङ्ग्रेबाट यात्रा गर्नुहुन्छ वा पैदल हिँड्नुहुन्छ उनीहरुको मास्क भिज्न सक्छ । विशेषज्ञले सुक्खा मास्क लगाउन अनुरोध गर्दछन् । अर्कोतिर ह्यूमिडिटीमा लामो समय सम्म मास्क लगाउन पनि मुश्किल हुन्छ ।

चिकित्सकका अनुसार संक्रामक विरामी फैलने तीन कारकहरु छन्ः पहिलो मौसमी परिवर्तन (तापमान, आद्रता), दोस्रो मानवीय व्यवहार ढाँचामा परिवर्तन र तेस्रो भाइरसको स्वभाविक लक्षणजस्तै संक्रमणता, उसको रोगप्रतिरोधात्मक क्षमता र सर्भाइभल ।

मौसम अनुसारको कोरोनाभाइरस नहुने बताइए पनि केहि अनुसन्धान संस्था र प्रतिनिधिले भने मनसुनको समयमा आद्रता बढ्दा कोरोनाको खतरा पनि बढ्ने बताउँछन् । भारतको आइआइटीको अध्ययनले यो बताउँछ । उनीहरुका अनुसार वर्षातको समयमा रुघाखोकी, हाच्छिउँजस्ता रोगहरुले लामो समयसम्म संक्रमण फैल्याउँछ । यो अध्ययन १ मार्चदेखि १० अप्रिल २०२०सम्म गरिएको थियो । याे अनुसन्धान न्यूयोर्क, शिकागो, मियामी, सिंगापुर, सिड्नी र लस एन्जलसका विरामीको तथ्यांक, यी ६ शहरको तापमान, आद्रता आदिको आधारमा गरिएको थियो । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत