स्वास्थ्य

अक्सफोर्ड विश्वविद्यालयद्वारा कोरोनाविरुद्धको खोपमा ठूलो सफलता प्राप्त गरेको दावी

काठमाडाैँ । कोरोना भाइरसविरुद्धको औषधिको होडमा लागिरहेका ठूला शक्तिमध्ये बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता प्राप्त गरेको दावी गरेको छ ।

उसले कोरोना भाइरसविरुद्धको खोप विकासमा निकै ठूलो सफलता हात लागेको जनाएको हो जुन बीबीसीले उल्लेख गरेको छ ।

एक हजार ७७ जना मानिसमा गरिएको परीक्षणबाट ‘एण्टीबडी’ भनिने रोगसँग लड्ने क्षमताको विकास भएको पाइएको विश्वविद्यालयले जनाएको छ ।

खोप सुरक्षित रहेको र यसले प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत देखिएको बीबीसीले उल्लेख गरेको छ ।

मानिसहरूमा गरिएको परीक्षणमा खोपले श्वेत रक्तकोषसँग मिलेर कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमताको विकास भएको पाइएको विश्वविद्यालयले जनाएको छ । यसले महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न ठूलो आशा जगाएको बताइन्छ ।

यसलाई ठूलो समूहमा परीक्षण गरेपछि थप पुष्टि हुन सक्ने भन्दै अहिले वैज्ञानिकहरू त्यसमा खटिएका छन् । बेलायत सरकारले १० करोड डोजको माग पनि गरिसकेको उल्लेख गरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत