गाउँ सहर

नेपाली युवकलाई मुण्डन गरेर टाउकोमा जय श्री राम लेख्ने चारजना गिरफ्तार, मुख्य आरोपी फरार

  • एजेन्सी
  • ३ श्रावण शनिबार, २०७७ | १०:२२:०० मा प्रकाशित

बराणसी । अयोध्याको सम्बन्ध नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बयानको विरोधमा एक नेपाली युवकको शिर मुण्डन गर्ने विश्व हिन्दू सेनाका चार समर्थकलाई शुक्रबार गिरफ्तार गर्नका लागि गए । हिन्दू सेनाका अध्यक्ष तथा मुख्य आरोपी अरुण पाठकलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाली युवकको शिर मुण्डन गर्ने र शिरमा जय श्रीराम लेखेको भिडियो बिहिबार भाइरल भएको थियो ।

भाइरल भिडियोमा गंगा किनारमा नेपाली निवासी युवक ओलीको विरुद्ध नाराबाजी र जय श्री रामको उद्द्दोष गर्दै देखिएको थियो । विश्व हिन्दू सेनाका अध्यष अरुण पाठले शहरका केहि स्थानमा पोस्टर पनि लगाएका थिए । जसमा प्रम ओलीले माफी नमागेसम्म भारतमा रहने नेपालीलाई गम्भीर परिणामको चेतावनी दिइएको थियो । भिडियो भाइरल भएपछि भेलूपुर पुलिसले बिहिबार राती नै अरुण पाठकविरुद्ध मुद्धा दर्ता गराएको थियो ।

एजेन्सी

तपाईँको मत