स्वास्थ्य

‘अहिलेसम्मको परीक्षणमा डब्बल प्रोटेक्शन, यो लगाउँदा कोरोनाभाइरसविरुद्ध एन्टिबडी र टी-सेल्स दुबै पैदा भयो’

{अक्सफोर्ड भ्याक्सिन सफलताको बाटोमा}

अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनले कोरोनाभाइरसबाट दोहोरो सुरक्षा दिन सक्छ । शोधकर्ताको दावी अनुसार, भ्याक्सिनको पहिलो ट्रायलमा जुन नतिजा आएको छ सो नै यो कुराको पुष्टि गर्दछ । 

डेली टेलिग्राफका अनुसार, पहिलो चरणको ट्रायलमा भ्याक्सिन दिएपछि भोलन्टियर्समा इम्यून रेस्पोन्स उत्तम रह्यो । उनीहरुको रगतको नमूना जाँच गरियो । रिपोर्टमा कोरोनाविरुद्ध एन्टिबडी पनि बनेको र किलर टी-सेल्सपनि विकसित भएको थियो ।

अप्रिलमा भएको थियो पहिलो चरणको ट्रायल

अक्सफोर्ड यूनिभर्सिटीले पहिलो चरणको ट्रायल अप्रिलमा गरेको थियो । स्वास्थ्य सचिव मैट हेनकाकका अनुसार, भ्याक्सिन तयार गर्नको लागि टीम लगातार जुटिरहेको छ । यो वर्ष जहिलेपनि उपलब्ध हुन सक्छ । यदि आउन सकेन भनेपनि २०२१ मा पक्का आउँछ ।

भ्याक्सिन ट्रायलको स्वीकृति दिने वर्कशायर रिसर्च इथिक्स कमिटिका चेयरमेन डेविड कारपेंटरका अनुसार, हामी वैज्ञानिकसँग लगातार काम गरिरहेका छौँ र हरेक जरुरी परिवर्तन गरिरहेका छन् । भ्याक्सिन तयार गर्नमा हामी सहि बाटोमा छौँ ।

सेप्टेम्बरसम्म आउन सक्छ भ्याक्सिन

कारपेंटरका अनुसार— शोधकर्ता हस्पिटल, हेल्थकेयर प्रोफेशनल्स भ्याक्सिन दिनको लागि सीमा दिनसक्छ, किनकी यसमा संक्रमण फैलने खतरा बढी हुन्छ । भ्याक्सिन कहिलेसम्म उपलब्ध हुनसक्छ, यसको मिति बताउन सकिँदैन । यो सेप्टेम्बरसम्म आउन सक्छ । यहि तार्गेटलाई ध्यानमा राखेर लगातार काम भइरहेको छ ।

इम्युनिटीमा संशय

रिपोर्टका अनुसार, एक सुत्रले भन्यो कि अहिलेसम्म सावित भएको छैन कि भ्याक्सिन सिएचएडिओएस १ एनकोभ-१९ लामो समयसम्म इम्युनिटी दिन्छ । तर यसले एन्टिबडी र टी-सेल्स दुबैको सँख्या शरीरमा बढाउँछ । यी दुइ चिजको सम्योजनले मानिसलाई सुरक्षित राख्न मद्यत गर्दछ । अहिलेसम्म सबैकुरा राम्रोसँग भइरहेको छ तर पछिल्ला बाटाहरु अत्यन्तै महत्वपूर्ण र लामो छ ।

२०२० को अन्त्यसम्म ४० करोड डोज निःशुल्क पुर्याउने लक्ष्य

फर्मा कम्पनी एस्ट्राजेनेकाले भ्याक्सिनको ४० करोड डोज तयार गर्नको लागि यूरोपको इन्क्लिूसिभ भ्याक्सिन एलायन्ससँग हात मिलाएको छ । २०२० को अन्त्यसम्म भ्याक्सिन तयार गर्ने लक्ष तय भएको छ । भ्याक्सिनको ४० करोड डोज निःशुल्क उपलब्ध गराइनेछ ।

कोरोना सर्भाइभरको तुलनामा बढी एन्टिबडी बन्ने दावी

अक्सफोर्ड यूनिभर्सिटीसँग भ्याक्सिन तयार गर्ने कम्पनी एस्ट्राजेनेकाले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा दावी गरेको छ कि ट्रायलको समय जसलाई भ्याक्सिन दिइएको थियो उनीहरुमा कोरोना सर्भाइभरको तुलनामा बढी एन्टिबडी बन्यो । नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्शस डिजिजका डाइरेक्टर डा. एंथनी फासीका अनुसार— आशा छ कि भ्याक्सिन सफल हुनेछ ।

ट्रायलमा गम्भीर साइड इफेक्ट देखिएन

अक्सफोर्ड यूनिभर्सिटीका अनुसार, ट्रायलको समयमा गम्भीर साइड इफेक्ट देखिएन । केवल थकान, टाउको दुख्ने, चिसो अनुभव र टाउकोमा थोरै समस्या मात्र देखिएको थियो । जहाँ इन्जेक्शन लगाइयो, त्यहाँ दुखाई भयो तर यस्तो केवल ओभरडोजको केशमा मात्र देखियो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत