गाउँ सहर

विश्वभर काेराेना संक्रमितमध्ये ८० लाख ३७ हजार निकाे भएपनि ५ लाख ८६ हजारकाे मृत्यु

काठमाडाैं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८० लाख ३७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड ३६ लाख ९१ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ८६ हजार ८२० पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ५० लाख ६७ हजार ६३६ जनामा सक्रिय केशमध्ये ५९ हजार ६१७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३३ लाख १६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ४० हजार १४० जनाले ज्यान गुमाइसकेका छन् भने १६ लाख ४५ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९ लाख ७० हजार १६९ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये २४ हजार ९२९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ६ लाख १३ हजार ७३५ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमण १७ हजार १७७ जना पुगेका छन् भने ११ हजार २५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३९ पुगेको छ भने ६ हजार ११३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत