हिन्दू देवीदेवताका मूर्तिमा हुने प्रतिक अर्थात वाहन
- गाउँ सहर डेस्क
- १ श्रावण बिहीबार, २०७७ | ००:०८:०० मा प्रकाशित
प्रत्येक हिन्दू देवीदेवताकाे मूर्ति एउटा मानिसले लिनसक्ने विशिष्ट लक्ष्यमा पुग्न मार्गनिर्देश दिनेगरि बनाएकाे हुन्छ । फरक-फरक देवीदेवताकाे मूर्तिमा फरक-फरक लक्ष्यण र वाहन हुने गर्दछन् । खास लक्ष्यसँग सम्बन्धित देवीदेवतासँग त्याे लक्ष्यलाई प्राप्त गर्ने खास विशेषता वा खुबी पनि हुन्छ ।
हरेक हिन्दू देवीदेवताकाे वाहन हुन्छ । एक देवी वा देवता जुन मानव लक्ष्यसँग सम्बन्धित हुन् त्याे लक्ष्यमा पुग्न जस्ताे वाहन प्रभावकारी हुने मानिएकाे हुन्छ त्याे नै वाहन ती देवी वा देवताकाे हुन्छ । ज्ञानका लागि सबै देवीदेवताकाे वाहन हाँस हुन्छ । त्यसैले ब्रम्हा, सरस्वती, गायत्री, विश्वकर्माकाे वाहन हाँस हाे ।
प्रज्ञाका देवता गणेशकाे मुसाे हाे । धनकी देवी लक्ष्मीकाे उल्लू हाे । प्रजनन्, रचना, संहारका देवता शिवकाे साँढे हाे । सुशासनका देवता विष्णुकाे गरूड हाे जलका देवीदेवता गङ्गा र वरूणकाे गाेही हाे । पराक्रमकी देवी दुर्गाकाे वाहन शक्ति, बल, पराक्रम, शाैर्य र क्राेधकाे प्रतिक मानिने सिंह हा । वायु र इन्द्रकाे हात्ती हाे । त्यस्तै कुमारकाे मयुर, यमराजकाे राँगाे, अग्निकाे भेडाे, हनुमानाे पिशाच, सूर्यकाे घाेडा आदी ।
यी भए आम रूपमा पूजा गरिने देवीदेवताका वाहन, तर वैदिक दर्शनमा सबै पशुपंक्षीलाई स्व्यम् देवताका रूप र स्वयम् कुनै न कुनै अन्य देवताका वाहन भएकाे मानिन्छ । सबै जीवलाई आत्मधारी, ब्रम्हाकाे एक प्रकट रूप र ब्रम्हाकै अंश हुन् भनेर मान्ने दार्शनिक परम्परामा त्यस्ताे मान्नु स्वभाविक पनि देखिन्छ । याे मान्नुमा प्रकृतिसँग मानिसकाे प्रत्यक्ष पारस्परिक सम्बन्ध छ र प्रकृतिका सबै प्राणी कुनै खास भूमिका निभाउन यहाँ विद्यमान छन् भन्ने मान्यताले भूमिका खेलेकाे हुनुपर्छ । प्राचीन दार्शनिकहरूले प्रकृति रक्षाकाे दीर्घकालीन साेच समेतलाई शीर्ष स्थान दिने प्रतीक प्रणालीकाे विकास गरेका हुन सक्छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस