स्वास्थ्य

‘कोखसम्म पुग्यो कोरोना’ — पेटभित्रै बच्चामा संक्रमण

अमेरिका । प्रसुतिको समयमा नवजात बालिकामा कोरोना संक्रमणको केश आएको छ । डाक्टरका अनुसार, यस्तो प्रमाण प्राप्त भएको छ जसले बताउँछ कि बालिकामा संक्रमण प्रसुतिको समयमा नै भयो । आमाको रिपोर्ट पोजेटिभ आएपछि नवजात बालिकालाई तत्काल आइसीयूमा लगियो । डेलिभरीको दोस्रो दिन बालिकाको रिपोर्टपनि पोजेटिभ आयो ।

उनमा कोरोना संक्रमणको दुइवटा लक्षण देखियो । उनी ज्वरोबाट ग्रस्त थिइन र सास फेर्नमा समस्या थियो । वैज्ञानिकले अमेरिकाको टेक्सासमा जन्मेकी बच्चीको गर्भनाल जाँचे, त्यसमा कोरोनाको कण मिल्यो र अंग फूलेको थियो । टिमका अनुसार यो प्रमाण बताउँछ कि बच्चीलाई कोखमै संक्रमण भएको थियो ।

कोरोनापनि गर्भाशयसम्म पुग्न सक्छ

इटलीका वैज्ञानिकका अनुसार पछिल्लो हप्ता कोखमा भाइरसको ट्रान्सिमिशनको केश प्राप्त भयो । रगत र गर्भनालमा कोरोना पाइयो । महामारीको सुरुवातबाटै गर्भाशयमा संक्रमण फैलने कुरामा अनुसन्धार गरिरहेका छन् ।

शोधकर्ताका अनुसार, एचआइभी, जीका र अर्का भाइरस कोखमा रहेको बच्चालाई संक्रमित गर्न सक्छ । तर, अहिले जुन केश आएको छ यसबाट कोभिड-१९ को केशमा पनि यस्तो हुन सक्छ ।

गर्भमा संक्रमणः प्रमाणको पहिलो अध्ययन

बलिकाको केशमा रिसर्च गर्ने टेक्सास यूनिभर्सिटीकी डा. अमाण्ड इवान्स भन्छिन्— भर्खरै यस्तो नवजातको डेलिभरी भयो उनको आमा कोरोना संक्रमित थिइन तर नवजातमा कोरोना पाइएन । यो पहिलो केश हो जसले प्रेग्नेन्सीको समयमा कोरोना संक्रमण हुन सक्छ । किनकी गर्भनालको कोशिकामा कोरोनाको प्रमाण पनि प्रमाणित भएको छ ।

समयभन्दा ३ हप्ता अघि नै भयो डेलिभरी

शोधकर्ताका अनुसार, नवजात प्री-म्याच्योर थिइन् । समयभन्दा ३ हप्ता अघि नै डेलिभरी भएको थियो किनकी लिभर पेन हुनुभन्दा अघि नै बच्चा जुन थैलीमा थिइन्, उनको मेम्ब्रेन फुट्यो । ४० प्रतिशत बच्चाको प्री-म्याच्योर डेलिभरी हुने यहि कारण हो । बढि संक्रमण पनि यहि समय हुन्छ । कोरोनाको अवस्था पनि यहि समयमा बनेको हुनुपर्छ, तर अहिलेसम्म स्पष्ट भने छैन ।

२१ औँ दिन डिस्चार्ज गरियो

नवजातको डेलिभरीको दोस्रो दिन उनमा परिवर्तन देखियो । उनलाई श्वास फेर्न गाह्रो भयो र ज्वरोपनि थियो । अनुमान गरियो कि, प्री-म्याच्योर डेलिभरी । तर रिपोर्ट पोजेटिभ आएपछि कयौँ दिनसम्म अक्सिजन दिइयो, तर भेन्टिलेटरको आवश्यकता परेन । २१ औँ दिन पूर्णतया स्वस्थ भएपछि आमा र बच्चालाई डिस्चार्ज गरिएको थियो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत