गाउँ सहर

विश्वभर १ कराेड २८ लाखभन्दा बढि काेराेना संक्रमित, ५८ हजारकाे अवस्था गम्भीर

काठमाडाैं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७४ लाख ७८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड २८ लाख ४१ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ६७ हजार ६२८ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४७ लाख ९५ हजार ७४७ जनामा सक्रिय केशमध्ये ५८ हजार ८३२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३३ लाख ५५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ३७ हजार ४०३ जनाले ज्यान गुमाइसकेका छन् भने १४ लाख ९० हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८ लाख ५० हजार ३५८ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये २२ हजार ६८७ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५ लाख ३६ हजार २३१ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमण १६ हजार ७१९ जना पुगेका छन् भने ८ हजार ४४२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३८ पुगेको छ भने ८ हजार २३९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत