विश्व

आफ्ना लागि मास्कको प्रयोग आवश्यक नभएको भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे मुखमा मास्क

  • एजेन्सी
  • २८ असार आइतबार, २०७७ | ०७:४१:०० मा प्रकाशित

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना लागि मास्कको प्रयोग आवश्यक नभएको भन्दै चर्को विरोध गर्दै आए अन्तत सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । 

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले औपचारिकतरूपमा सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रस्तुत भएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

‘मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास गर्छु,’ मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने ।

यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । अझ पत्रकारले देख्ने गरी त मास्क लाउँदै नलाउने उनको भनाई रहँदै आएको थियो ।

यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क लगाउँदै नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । अस्पतालमा उनले सैनिकहरुसँग भेटघाट गरेका थिए ।

एजेन्सी

तपाईँको मत