गाउँ सहर

अहिलेसम्म काेराेना संक्रमितमध्ये विश्वभर साँढे ६८ लाख निकाे, ५ लाख ४६ हजारकाे मृत्यु

काठमाडाैं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६८ लाख ४९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड १९ लाख ४९ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ४६ हजार ६०१ पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४५ लाख ५३ हजार १३४ जनामा सक्रिय केशमध्ये ५८ हजार २२७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३० लाख ९७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ३३ हजार ९७२ जनाले ज्यान गुमाइसकेका छन् भने १३ लाख ५४ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७ लाख ४३ हजार ४८१ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये  २० हजार ६५३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४ लाख ५७ हजार ५८ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमपत १६ हजार १६८ जना पुगेका छन् भने ७ हजार ४९९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३५ पुगेको छ भने ८ हजार ६३४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत