गाउँ सहर

काेराेनाबाट मृत्यु हुने विश्वभर ५ लाख ४० हजार नाघ्याे, संक्रमित १ कराेड १७ लाखभन्दा बढि

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निकाे हुनै दुवैकाे संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६६ लाख ४२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ कराेड १७ लाख ३९ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ४० हजार ६६० पुगेकाे छ । 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४५ लाख ५६ हजार १४५ जनामा सक्रिय केशमध्ये ५७ हजार ९७८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३० लाख ४० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ३२ हजार ९७९ जनाले ज्यान गुमाइसकेका छन् भने १३ लाख २४ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७ लाख २० हजार ३४६ नाघेर विश्वभर काेराेना धेरै संक्रमण हुने देशहरूकाे सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये  २० हजार १७४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४ लाख ४१ हजार १५० जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमपत १५ हजार ९६४ जना पुगेका छन् भने ६ हजार ८११ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३५ पुगेको छ भने ९ हजार ८११ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत