गाउँ सहर

सबैभन्दा बढि काेराेना संक्रमित देशहरूमा अमेरिका, ब्राजिलपछि भारत, कुल संक्रमित १ कराेड १५ लाख

काठमाडौं । विश्वभर (काेभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुनेमध्ये भारत तेस्राे नम्बरमा पुगेकाे छ । यसअघि चाैथाे नम्बरमा रहेकाे भातरले रसियालाई उछिनेकाे हाे । 

भारतमा संक्रमित संख्या हालसम्म ६ लाख ९७ हजार ८३६ नाघेकाे छ भने संक्रमित मध्ये  १९ हजार ७०० जनाको ज्यान गइसकेको छ । जसमध्ये ४ लाख २४ हजार ८९१ जना निको भएका छन् ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वभर संक्रमितको संख्या भने १ कराेड १५ लाख ५६ हजार नाघेको छ भने मृतकको संख्या ५ लाख ३६ हजार ७७६ पुगेकाे छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६५ लाख ३५ हजार जना भन्दा बढि छन् । 

 

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ४४ लाख ८४ हजार ४१२ जनामा सक्रिय केशमध्ये ५८ हजार ५४० जनाको अवस्था गम्भीर छ ।

 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २९ लाख ८२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ३२ हजार ५६९ जनाले ज्यान गुमाइसकेका छन् भने १२ लाख ८९ हजार भन्दा बढि जना निकाे भइसकेका छन् ।

 

नेपालमा भाइरस संक्रमपत १५ हजार ७८४ जना पुगेका छन् भने ६ हजार ५४७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३४ पुगेको छ भने ९ हजार २०३ जना उपचाररत छन्  । 

 

गाउँ सहर डेस्क

तपाईँको मत