गाउँ सहर

सार्वजनिक स्थानमा मास्क नलगाए १० हजार जरिवाना

अब तपाईंले सार्वजनिक स्थानमा मास्कको प्रयोग गर्नुभएन भने तपाईं जरिवानाको भागिदार बन्नुहुन्छ ।

यो खबर भारतको केरलको हो । सरकारले राज्यमा कोरोनाको गाइडलाइन एक वर्षसम्मको लागि लागू गरेको छ । यो सँगै केरलबासीले नियमको पालना गर्नुपर्ने भएको छ ।

गाइडलाइनमा मास्क लगाउनु, सोशल डिस्टेंसिंग, विवाह र समारोहमा सीमित व्यक्तिमा केन्द्रित गर्नुपर्ने सीमा समेटेको छ । अब यदि सार्वजनिक स्थानमा मास्क लगाउनु भएन भने १० हजार रुपैयाँ जरिवाना लगाउने छ । केरलमा ५ हजारभन्दा बढी केश आइसकेका छन भने २६ जनाको मृत्यु भइसकेको छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत