स्वास्थ्य

“गरिब देशहरूको लागि ‘काल’ बनिरहेको छ कोरोना”

[डिसेम्बरसम्म १२ लाख बच्चा र ५७ हजार आमाहरूको मृत्युको आशंका]

काठमाडौँ । अमेरिकाको जोन्स हप्किन्स यूनिभर्सिटीका शोधकर्ताले कोरोना संकटकाल समयमा जरुरी स्वास्थ्य सेवा प्राप्त गर्न नसक्दा खानाको कमीका कारण ढाई लाख शिशुको ज्यान जानसक्ने दावी गरेको छ । गरिब देशका १० हजार भन्दा बढी आमाहरूको लागि पछिल्ला ६ महिना चुनौतिपूर्ण हुने र उनीहरुको ज्यान जानसक्ने खतरापनि छ ।

शोधकर्ताका अनुसार, यदि अवस्था झनै बिग्रिए डिसेम्बर २०२० सम्म ११८ देशमा १२ लाख बच्चा र ५७ हजार आमाहरूको मृत्यु हुन सक्छ ।

आमाहरुको मृत्युको आंकडा बढिरहेको छ 

द लेंसेट ग्लोबल हेल्थमा प्रकाशित अनुसन्धानका अनुसार, शोधकर्ताले आफ्नो प्रयोग र विश्लेषणबाट यो जान्ने कोशिश गरेका छन् कि कोभिड-१९ को आहार र हेल्थ सिस्टममा असर पर्दा कति मृत्यु हुनसक्छ । शोधकर्ताका अनुसार, कोरोनाकालमा शिशुलाई जन्मदिन आमाहरुको लागि एन्टिबायोटिक र सुरक्षित माहौलमा कमी आएको छ, जसले आमाहरुको मृत्युको आंकडा लगातार बढिरहेको छ ।

एन्टिबायोटिक प्राप्त नहुँदा मृत्युवरण गरिरहेका छन् बच्चाहरू

शोधकर्ताका अनुसार, बच्चाको मृत्युका अनेक कारण छन् । महामारीको समयमा बच्चामा पोषक तत्वको कमी र निमोनियाबाट बच्नको लागि पर्याप्त मात्रामा एन्टिबायोटिक उपलब्ध नहुनु ठूलो कारण हो । यसको अलावा डायरियाबाट पीडित बच्चाको लागि रिहाइड्रेशन सोल्यूशनमा कमीपनि अर्को कारण हो । शोधकर्तालाई भन्नुछ— हामी आशा गर्दछौँ कि पोलिसी मेकर्सले यि आंकडामा गम्भीरता दिनेछन र नयाँ निर्देशन जारी गर्नेछन् ताकि जरुरी सुविधा उपलब्ध गराउन सकियोस् ।

कोभिड-१९ बाट पीडित हरेक ४ मध्ये ३ बच्चा आफ्नो रोगबाट अन्जान

एक अर्को अध्ययनका अनुसार, कोरोनासँग जोडिएका हरेक चारमध्ये तीन बच्चा यस्ता हुन्छन जसलाई आफ्नो रोगको बारेमा जानकारी हुँदैन । यस्ता केशले जोखिमलाई थप बढाउन सक्छ । न्यू इङ्गलेण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार, कोरोनासँग जोडिने लगभग सबै बच्चा पेटको समस्यासँग जुधिरहेका थिए ।

यी बच्चामा ८०% मुटुको समस्या थियो र कयौँ ब्लड डिसअर्डरबाट पीडित थिए । यिनलाई एक हप्ताको लागि इन्टेन्सिभ केयरमा भर्ना गरियो । १७१ बच्चामा अनुसन्धान गरिएको थियो जसमा चार जनाको मृत्यु भयो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत